
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रिजन ३ को रिजन कन्फेरेन्स सुक्रबार सम्पन्न भएको छ । रिजन चियरपर्सन भावना बसेलको अध्यक्षता कन्फेरेन्स सम्पन्न भएको हो । कन्फेरेन्समा रिजन तीनले बाल आश्रम संचालिका कमला पराजुलीलाई सम्मान गरेको छ । रिजन चेयरपर्सन भावना बसेलले अमोर बाल आश्रम फेदिखोला, स्याङ्जाका संचालक कमला पराजुलीलाई सम्मान गरेकी हुन् ।
उनीलाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, विशिष्ट अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले सम्मान–पत्र, दोसल्लाले सम्मान गरेका थिए । सो अवसरमा रिजन चेयरपर्सन भावना बसेलले आश्रम संचालिका पराजुलीलाई ल्यापटप सहित नगद समेत प्रदान गरेकी छन् । पराजुलीको संरक्षणमा आश्रममा ३३ जना बालबालिकाले आश्रय पाईरहेका छन् ।

कन्फेरेन्समा रिजन अन्तर्गतका ८ वटा क्लबका अध्यक्षसहित पदाधिकारी लायन्स लिडर र ननलायन्सको बाक्लो उपस्थिति रहेको थियो । रिजन कन्फेरेन्समा लायन्स सदस्य बाहेककालाई पनि समेटेर लायन्सले समाजमा गरेका सामाजिक कामका बारेमा जानकारी गराई सदस्य बन्न प्रेरित गर्ने उद्देश्य समेत रहेको बताईन्छ ।
रिजन अन्तर्गतका जोन चेयरपर्सनहरू जोन ५ र ६ का जोन चेयरपर्सनद्वय आरती अधिकारी र सान्तावना पराजुलीले आ–आफ्ना जोन अन्तर्गतका क्लबहरूले गरेका कामको समिक्षा सहित रिपोर्ट पेश गरेका थिए ।
सो अवसरमा रिजन चेयरपर्सन बसेलले जोन चेयर पर्सन सहित ८ वटै क्लबका अध्यक्ष र रिजन एडभाईजर हिरा भण्डारीलाई मायाको चिनोले सम्मान गरेकी थिईन् ।
कार्यक्रममा प्रमुख अतिथि केसी, विशिष्ट अतिथिद्वय बसेल र ढुंगानाले रिजन ३ अन्तर्गतका क्लबहरुको सक्रियता तथा सामाजिक काममा योगदान उल्लेख्य रहेको धारणा राखेका थिए ।







सम्बन्धित खवर















