33Shares

पोखरा । कास्कीमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरीक्षक सूर्य रानाले जानकारी दिए ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै गरेको इन्स्पेक्टर रानाले बताए । घटनास्थलमा प्रहरी पुगिसकेको र सशस्त्र प्रहरी टोली पनि घटनास्थलतर्फ लागेको उनले बताए ।

पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आज दिउँसो ३ः३० बजे दुर्घटनामा परेको उनले बताए । पोखराको हरिचोकबाट भदौरेका लागि गएको जीप गन्तव्यस्थल नजिकै थामडाँडा भन्ने स्थानमा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

फोटो : भानु पराजुलीको फेसबुकबाट 

33Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected