1Shares

पोखरा । लायन्स क्लब अफ पोखरा पिस टाउनले क्लबको ११औं अध्यक्षमा कान्ती पौडेललाई निर्वाचित गरेको । क्लबको शनिवार सम्पन्न ११औं साधारण सभाले लायन बर्ष २०२४/२५ का लागि पौडेल सहित अन्य पदमा सर्वसम्मत निर्वाचित गरेको निर्वाचन संयोजक क्लबका निवर्तमान अध्यक्ष सिता तिमिल्सिना सुवेदीले जानकारी दिईन् 

सर्वसम्मत निर्वाचित हुनेमा प्रथम/द्वितीय र तृतीया उपाध्यक्षमा क्रमशः बिनु गिरी, रेश्मा वैद्य र  बसन्ती बास्तोला साथै सचिवमा कल्पना राउत, कोषाध्यक्षमा मिना थापा रहेका छन्

क्लबका अध्यक्ष केसी माया नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सबिता बराल, सिता कोईराला, सरला तिमिल्सिना, शोभा पौडेल लगाएत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो

क्लबको निर्वाचन सम्पन्न पश्चात आयोजित शुभकामना एवं बधाई कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगानाले क्लबले विगतका बर्षमा अन्य क्लब भन्दा उत्कृष्ट कार्य गर्दै आएको छ, आगामी दिनहरुमा अझ उत्कृष्ट कार्यहरु गर्दै जान सुझाव दिदैं निर्वाचित हुने सबैलाई बधाई तथा शुभकामना दिएका थिए

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected