पोखरा । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा महिमा सहकारीले रक्तदान गरेको छ ।
लायन्स क्लब अफ पोखरा आदर्श र पोखरा अर्पणको सह–आयोजना नव आदर्श सामुदायिक समाज, जय मनकामना बचत तथा ऋण सहकारी संस्था र एल.सी. ब्रदर्श यूनाइटेड लामाचौरको बिशेष सहयोग साथै, रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको थियो ।
महिमा सहकारीका अध्यक्ष कृष्ण गुरूङको अध्यक्षता पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा ३२ यूनिट रगत संकलन गरेको आयोजकले जनाएका छन् ।
प्रमुख अतिथि पाण्डेले ३३ पटक रक्तदान गरिसकेका जय मनकामना बचत तथा ॠण सहकारीका अध्यक्ष नविन भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि पाण्डेले सहकारीले सामाजिक उतरदायित्व अन्तर्गत रचनात्मक कार्य गरी सहकारी दिवस मनाएको प्रति प्रशंसा गर्दै समुदायमा सहकारीले सकारात्मक सन्देश प्रवाह गरेको भनाई राखेका थिए ।
सहकारीका सह–सचिव हिरा भण्डारीको संचालन, उपाध्यक्ष एवं कार्यक्रमका संयोजक गोविन्द चापागाईंले स्वागत मन्तव्य रहेको कार्यक्रम लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका ब्लड डोनेशन कमिटीका एडिशनल डिष्ट्रिक्ट को-अर्डिनेटर सन्तोष श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
सहकारीले सोमवार मात्र जय मनकामना सहकारी र महिमा सहकारीको संयुक्त आयोजनामा लामाचौर चोक वरिपरि सरसफाई समेत गरेको थियो । सो कार्यक्रमका लागि एल. सी. ब्रदर्स युनाइटेड लामाचौरले नगद १० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।