२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

सदस्यता टुंगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनद्वारा पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौ । नेपाल प्रेस युनियनले सदस्यताको टुंगो लगाएर मात्र अधिवेशनका प्रक्रिया अघि बढाउन नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराएको छ । प्रेस युनियनले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई बिहीवार ध्यानाकर्षण पत्र बुझाउँदै सदस्यताको नामावली फाइनल गरेर मात्र जिल्ला, प्रतिष्ठान, एसोसिएट, प्रदेश र केन्द्रको अधिवेशनको कार्यतालिका अघि बढाउन आग्रह गरेको हो ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा हस्ताक्षर गरी महासंघका अध्यक्ष पोखरेललाई बुझाएको ध्यानाकर्षण पत्रमा पत्रकार महासंघले अघि बढाएको सदस्यता शुद्धीकरण अभियानमा युनियनको पूर्ण साथ र सहयोग रहेको बताउँदै पत्रकार महासंघको विधानलाई पनि स्मरण गराएको छ ।
मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठकले सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र सबै तहका अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको विधान २०६० (पाचौं संशोधन २०७५) को धारा ५ को उपधारा ८मा भएको सदस्यता प्राप्त गर्ने कार्यविधि अनुसार ‘नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य गर्न समेत स्मरण गराउन गराएको हो । महासंघले सबै तहका अधिवेशनको मिति तय गर्दा विधानमा भएको व्यवस्थालाई ध्यान नदिएको युनियनले जनाएको छ । पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने समेत चेतावनी दिएको छ ।
पत्र बुझ्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले युनियनले उठाएको विषयमा आँफू गम्भीर रहेको बताए । पोखरेलले पत्रकार पेशागत सम्बद्ध संस्थाहरुसँग छलफल गरेर अघि बढ्ने बताए । कार्यक्रममा नेपाल प्रेस युयिननका उपाध्यक्ष नकुल अर्यालले सदस्यता नटुंग्याई अधिवेशन गर्ने प्रयत्न नगर्न आग्रह गरे । कार्यक्रमको सञ्चालन युनियनका सचिव केदार दाहालले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…