1Shares

स्याङ्जा । पर्यटकीय क्षेत्रको सम्भावनाले भरिएको स्याङ्जालाई आर्थिक आयआर्जन सगँ जोड्नुपर्ने गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले जोड दिएका छन् । गल्याङ नगरपालिकाको ६ स्थित देवीस्थानमा आयोजित देवीस्थान-चन्द्रकोट पर्यटन विकास सम्भावना र चुनौती बिषयक अन्तरक्रिया तथा नव बर्षको भित्तेपात्रो विमोचन कार्यक्रममा प्रदेश सभाका सभापति अर्यालले पर्यटकीय क्षेत्रहरुलाई आर्थिक आयआर्जनको बाटोमा लैजानुपर्ने बताएका हुन् । स्याङ्जामा धेरै पर्यटकीय क्षेत्रहरु मध्ये देवीस्थान र चन्द्रकोटलाई धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उक्त अन्तरक्रियामा सभापति अर्यालले बताए ।
स्याङ्जा-पिडिखोला रुपन्देही सम्पर्क समाज बुटवलको आयोजनामा भएको अन्तरक्रियामा सभापति अर्यालले सिद्धार्थ राजमार्गको वालिङ बायाटारी देखि पिडिखोला हुँदै सेतीवेणी सम्म पुग्ने सडकलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेको बताउदै सभापति अर्यालले यो सडक निर्माण सम्पन्न पछि कालीगण्डकी कोरिडोर सँग जोडिने बताए । उक्त सडकले देवीस्थान चन्द्रकोटको पर्टकीय विकासका लागि टेवा पुग्ने उनको भनाई थियो ।
मुलुक आर्थिक संकटमा गुज्रिरहेको अबस्थामा नागरिकका विकासका आधारभुत आवश्यकता पूरा गर्न कठिनाइ भएकोे बताए । जनप्रतिनिधि भएपछि नागरिकको काम गर्ने इच्छा र भावना रहेपनि नागरिकका असिमित विकासका आयोजनाहरु सिमित स्रोत साधनले पूरा गर्नुपर्ने बाध्यता रहेको सभापति अर्यालले बताए । स्याङ्जा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला भएकाले ऐतिहासिक महत्व बोकेको देवीस्थान चन्द्रकोटको विकास गर्नु जरुरी रहेको बताए । पर्यटकीय क्षेत्रको विकास सँगै रोजगार पनि सिर्जना गर्न सकिने भएकाले तिनै तहका सरकारको ध्यान देवीस्थान चन्द्रकोट जस्ता पर्यटकीय क्षेत्रमा पुग्नुपर्ने सभापति अर्यालको जोड छ । यो ठाउँ पर्यटन क्षेत्रका लागि निकै सम्भावना भएकाले यसको डिपिआर तयार गरि अगाडि बढाउन आग्रह गर्दै सभापति अर्यालले यस क्षेत्रको विकास हुँदै जाँद बसाइँ सराई बढ्नु दुखद भएको अर्यालको गुनासो थियो । पिडिखोला मात्रै होईन स्याङ्जाका हरेक गाउँबाट हुने बसाईसराई रोक्नुपर्नेमा उनको धारणा थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद मित्रलाल बस्याल, गल्याङ नगरपालिकाका पुर्व मेयर भुपराज अधिकारी, गल्याङ ६ का वडा अध्यक्ष दिपछिरिङ् गुरुङ लगायतका बक्ताहरुले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपुणर् भुमिका रहने बताएका थिए । पुर्व जनप्रतिनिधिहरुले शुरु गरेका राम्रा आयोजनालाई नयाँ जनप्रतिनिधिले काट्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनीहरुको भनाई थियो । राजनीतिक पुर्वाग्राही तवरले विकास गर्दा राम्रा आयोजना ओझेलमा पर्न सक्नेप्रति जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने बताए ।
सम्पर्क समाजका सल्लाहकार घनश्याम चापागाईं, देवीस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अग्नीलाल भुषाल र सचिव प्रदिप सुवेदी लगायतका बक्ताहरुले देवीस्थान चन्द्रकोट पर्यटन विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । सम्पर्क समाजका अध्यक्ष उमाकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत भुपराज चापागाईंले गरेका थिए । चन्द्रकोटको विकासका लागि पिडिखोलाबाट रुपन्देही बसाई सरेका मानिसहरुले पछिल्लो समय सक्रियता देखाउदै आएका छन् । हरेक चैतेदशैंमा मन्दिरमा पुजाआजा गर्ने र यहाँको पर्यटन विकासमा छलफल गरिदै आएको आयोजकले जनाएका छन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected