२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक एवं व्यवसायीलाई परिषदको अभिमुखिकरण तालिम

पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई  अभिमुखिकरण गरिएको छ । पशु स्वास्थ्य तथा पशुसेवा परिषदको आयोजनामा सोमवार गण्डकी प्रदेशमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक एवं व्यवसायीलाई परिषदको ऐन नियम र अचार संहिता सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

पशुपंछी तथा मत्स्य बिकास निर्देशनालय गण्डकी प्रदेशको सभाहलमा सोमवार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका दर्ता हुन योग्य प्राविधिक एवं व्यवसायीको प्रतिनिधि मूलक रूपमा १ सय ७५ जना दक्ष जनशक्तिको सहभागिता रहेको परिषदका केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक सुरेश श्रेष्ठले बताए ।

नेपाल पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद ऐन, २०७९ संसदबाट पारित भएपछि पशुपन्छी क्षेत्रका प्राविधिकको नियामक निकाय गठनको बाटो खुलेको थियो । त्यसको एक वर्षपछि परिषदले रजिष्ट्रार पनि पाएको थियो ।

सातै प्रदेशमा आयोजना गरिने अभिमुख़िकरण कार्यक्रम पहिलो चरण अन्तर्गत गण्डकी प्रदेशबाट सुरूवात गरिएको र लुम्बिनी प्रदेशमा वैशाख १२ गते र कोशीमा पनि वैशाख १४ गते सोही प्रकारको अभिमुखिकरण कार्यक्रम हुने पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक समेत रहेका श्रेष्ठले बताए ।

देश भरमा एक लाख बढ़ी दर्ता हुन योग्य पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी रहेका छन् भने गण्डकीमा मात्र १५ हजार रहेका छन्, बन्दै गरेको नियमावली आएपछि सदस्य दर्ता प्रक्रिया अगाडी बढ़ाईने श्रेष्ठले बताए ।

परिषदका केन्द्रीय अध्यक्ष देवेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा परिषदका रजिस्ट्रार पूर्णबहादुर बुढ़ाले परिषदको ऐन सम्बन्धि, उपाध्यक्ष जनकबहादुर रावलले परिषदको आचार संहिता र केन्द्रीय सदस्य सुरेश श्रेष्ठले परिषदको सँगठन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष यादवले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवा र व्यवसायलाई व्यवस्थित, गुणस्तरिय एवं मर्यादित ढंगले परिचालन गरि प्रभावकारी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायको विकास गर्न ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको दर्ता र नियमन गर्ने मुल उद्देश्यका साथ परिषद्‌को स्थापना भएको बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…