२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

एनटिभिएद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ ।
लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहाल, पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङ, कार्यक्रम संयोजक सुमन कुँवर, एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्याय लगायतले क्यालेन्डर लोकार्पण गरेका थिए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधासम्पन्न यायातात सेवा दिनु जरुरी रहेको बताउँदै पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।
पर्यटक यातायात सञ्चालनका क्रममा आउने हरेक जोखिमीको व्ययभार विमा कम्पनीले नै जिम्मा लिने गरी नेपाल सरकारले नियम बनाएर व्यवसायिक सुरक्षाको प्रत्याभुति गराउनु आवश्यक भएको उनको भनाइ छ । व्यवसायिक सुरक्षाका लागि भलाईकोषको स्थापना गरि अघि बढ्नु पर्नेमा उनले जोड दिए । इम्बोष्ड नम्बरका नाममा हरियो प्लेटको पहिचान हराउन नहुने भन्दै उनले यसका लागि निरन्तर पहल भैरहेको बताए ।
एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दहालले पर्यटन यातायात सञ्चालन गरिहेको व्यवसायीलाई संगठित गर्दै एनटिभिए बढीरहेको बताए । दररेट समेत राखेर संस्थाले टेबुल क्यालेन्डर प्रकाशन गरेको बताउँदै उनले यसले व्यवसायिक रुपमा पनि सहज बनाउने विश्वास व्यक्त गरे ।
एनटिभिए गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले निजी र पर्यटक सवारी साधनको आयु २० वर्ष तोकिनु खेदप्रद भएको बताउँदै यी सवारी साधनको आयु तोक्नु गलत भएको बताए । सवारी दुर्घटना, घाइते, मृतक, सवारी मर्मत सबै जिम्मा विमा कम्पनीले लिनुपर्ने गरी सरकारसँग लबिङ हुनुपर्नेमा उनले जोड दिए ।
एसआरएम कम्पनीका सञ्चालक ओम उपाध्यायले पर्यावरण जोगाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको धारणा राखे । लेकसाइड क्षेत्रमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन राख्न ठाउँ उपलब्ध गराउने कुरामा सम्बद्ध सबैको सहयोग आवश्यक भएको उनको भनाइ छ ।
एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दहालको अध्यक्षता एवम् महासचिव विकास कंडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा एनटिभिए सम्बद्ध व्यवसायी, पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…