62Shares
काठमाडौं/लायन्स डिष्ट्रिक्ट ३२५ ‘एल’ नेपालको लायन वर्ष २०२४/२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यहि  बैशाख २२ गते पोखरामा आयोजना हुने डिष्ट्रिक्ट ३२५ ‘एल’ को दोस्रो महाधिवेशनका लागि श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रेष्ठलाई उनको मातृ क्लब लायन्स क्लब अफ काठमाडौं गौरीशंकरले उम्मेदवार बनाएको हो । डिष्ट्रिक्ट गर्भनर नोमिनेसन कमिटीका अध्यक्ष एवं लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर गौतममान श्रेष्ठलाई विधिवत रुपमा उनले उम्मेदवारी दरखास्त हस्तान्तरण गरेका हुन् ।
भीमेश्वर–३, दोलखाका स्थायी बासिन्दा श्रेष्ठ लायन्स अभियानमा एक दशकदेखि विभिन्न पदमा क्रियाशील रहँदै आएका छन् । लायन्स अन्तर्राष्ट्रियको विधी र बिधान अनुसार श्रेष्ठले लायन्स क्लब अफ काठमाडौं गौरीशंकरमा क्लब प्रेसिडेन्ट र साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ मा जोन चेयरपर्सन, डिपार्टमेन्ट अफिसर, पिआरओ र क्लष्टर चीफको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ बाट ‘रिडिष्ट्रिक्टिङ’ पछिको डिष्ट्रिक्ट ३२५ ‘एल’ मा पि. आर. ओ.  इन चीफ र डिपार्टमेन्ट चीफका रुपमा तोकिएको जिम्मेवारीहरु सफलतापूवर्क सम्पन्न गरेको श्रेष्ठसँग अनुभव रहेको छ । लायन्स अन्तर्राष्ट्रियबाट विभिन्न पदकहरु, अन्तराष्ट्रियस्तरका तालिमहरुमा सहभागिता र वर्ष लायन सदस्यका रुपमा धेरै पटक पुरस्कृत भएका उनलाई लायन्सका सदस्यहरु क्लबलाई माया गर्ने र डिष्ट्रिक्टलाई उत्कृष्ट बनाउन अहोरात्र खट्ने लिडरका रुपमा चित्रण गर्छन् ।
मानवीय सेवा, सामुदायिक तथा सामाजिक सेवामा अभिरुची भएका श्रेष्ठ ई–कमर्शको क्षेत्रमा समेत दख्खल राख्छन् । ग्रीन बिजिनेस हाउस प्रा. लि, ग्रीन टेक्नोलोजी प्रा. लि र सुप्र  आईटी प्रालिका प्रबन्ध निर्देशक रहेका श्रेष्ठ सुकुटेमा रहेको ह्वाइट लीफ रिसोर्ट र इष्टकोष्ट होलिडे होटल प्रा. लिका निर्देशक रहेका छन् । यस्तै, सिन्धु विकास बैंक लि, ग्लोबल टेलिभिजन, ओमेगा इनर्जी डेभेलपमेन्ट प्रालि र हाम्रो संगोल  बिजिनेस प्रालिका प्रबद्र्धक रहेका छन् ।
उम्मेदवारी दर्तासँगै श्रेष्ठले आफ्नो डिष्ट्रिक्टलाई नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टमध्ये उत्कृष्ट बनाउने उद्घोष गरेका छन् । क्लबहरुले गरेका मानवीय, सामुदायिक तथा सामाजिक कार्यहरुलाई आम जनसमुदायसम्म पुर्याउन र स्थानीय आवश्यकता अनुसारका कामहरु गर्दै जाने उनको भनाई थियो । डिष्ट्रिक्ट ३२५ ‘एल’ का पूर्व डिष्ट्रिक्ट गभर्नर मणिश्री रत्न बज्राचार्य, फस्ट डिष्ट्रिक्ट भाइस गर्भनर सुमन भट्टलगायत लायन लिडरहरुले विजयका निम्ति श्रेष्ठलाई शुभकामना दिएका थिए ।
नेपालमा लायन्स अन्तर्राष्ट्रियका ४ वटा डिष्ट्रिक्ट रहेकोमा दुई वर्ष अघि ‘रिडिष्ट्रिक्टिङ’ पछिको डिष्ट्रिक्ट ३२५ अन्तर्गत १५ वटा डिष्ट्रिक्टहरु रहेका छन् । यस्तै, यी सबै डिष्ट्रिक्टहरु समावेश भएको एउटा मल्टिपल डिष्ट्रिक्ट रहेको छ ।
62Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected