95Shares

लमजुंग लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको रिजन अन्तर्गतको रिजन कन्फ्रेन्स एक भव्य समारोहकाबीच सम्पन्न भएको

शनिवार लमजुंग बेशिशहरस्थित बरन्डा रेष्ट्रो एण्ड इभेन्ट सेन्टरमा रिजन चेयरपर्सन पायल शर्माको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो

कार्यक्रममा लमजुङ जिल्ला बेसीशहर नगरपालिका वडा नं.- निवासी सामाजिक व्यक्तित्व सुश्री सानुमाया गुरुङलाई सम्मान गरिएको थियो  कार्यक्रमका प्रमुख अतिथि गभर्नर केसी, विशिष्ट अतिथि प्रथम भाईस डिष्ट्रिक गभर्नर बिनोद ढुंगाना र रिजन चेयरपर्सन पायल शर्माद्वारा ८ वर्षीय गुरूङलाई सम्मान गरिएको थियो । 

मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य ठानी विगत लामो समय देखी बालबालिकाका अधिकार, मानवीय सेवा सामाजिक सेवामा गुरूङले पुऱ्याउनु भएको योगदानलाई उच्च कदर गरी रिजन कन्फ्रेन्सको अवसरमा सम्मान गरिएको रिजन चेयरपर्सन शर्माको भनाई छ 

डिष्ट्रिक्ट गभर्नर केसी रिजन चेयरपर्सन शर्माद्वारा हस्ताक्षरित सम्मानपत्रमा भनिएको , ‘आफ्नो मानवचोला नै सामाजिक सेवामा खर्चिएर जुन उल्लेखनीय योगदान गर्नु भएको , विशेष गरी द्वन्द पिडीत बालबालिकाकोलागि एउटा असल अभिभावक भएर निभाउनु भएको भूमिका प्रतिको सेवा भावलाई उच्च मूल्यांकन गर्दै डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन को रिजन कन्फ्रेन्सको अवसरमा यहाँलाई यस सम्मान पत्रद्वारा विभूषित गरिएको , यहाँको सक्रिय सामाजिक जिवनका साथै सुस्वास्थ्य दिर्घायुको कामना गर्दछौं

रिजन अन्तर्गत रहेका १० बटा क्लबको सहभागितामा रहेको कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर चन्द्र केसी प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायन्सले समाजमा छोडेको सकारात्मक छापका बारेमा उल्लेख गर्दै रिजन अन्तर्गतका क्लबले गरेका सामाजिक काम त्यसले सामाजिक क्षेत्रमा उल्लेखनीय प्रभाब पारेको कुरा बताएका थिए

सम्मानित व्यक्तित्व सानुमाया गुरूङले सम्मानप्रति ख़ुशी व्यक्त गर्दै सामाजिक भावना सबैमा जागोस् उन्नति प्रगतिको कामनासहितको आफ्ना भनाई राखेकी थिईन् भने आरसिड़िसी लमजुंग अध्यक्ष राजेन्द्र बोहोराले लायन्सले समाज गरेका मानविय सेवाका कार्यबाट प्रभावित भएको धारणा व्यक्त गरेका थिए
रिजन अन्तर्गत जोन १८ का जोन चेयरपर्सन कृष्ण लम्सालले आफु माताहातमा रहेका क्लबले गरेका सामाजिक कार्यको प्रस्तुति राखेका थिए भने रिजन चेयरपर्सन शर्माले जोन चेयरपर्सन  १० वटै क्लब अध्यक्ष एवं अतिथिहरूलाई मायाको चिनोद्वारा सम्मान गरेकी थिईन्

95Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected