42Shares

पोखरा । लायन्स क्लब अफ पोखरा ग्लोरीले आईतवार पोखरा१६, दीपस्थित दिव्यज्योती आधारभूत विद्यालयमा अध्ययनरत बिधार्थीलाई स्टेशनरी सहयोग गरेको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत यसैबर्ष मात्र स्थापना भएको क्लब ग्लोरीले विद्यालयका ३५ जना विद्यार्थीलाई स्टेशनरी खेलकूदका सामग्री वितरण गरेको हो 

क्लबका अध्यक्ष अग्रिम श्रेष्ठको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबले प्रकाशन गरेको नयाँ वर्षको क्यालेन्ड़र समेत बिमोचन गरिएको थियो

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर केसी लायन्स क्लब अफ पोखरा ग्लोरीले स्थापनाकालको पहिलोबर्ष मै उल्लेख्य सम्झनयोग्य कार्य गर्न सफल भएको बताउदै गौतम बुद्व जन्मदा सात पाईला हिडेका थिए भने ग्लोरी बुद्व भन्दा बढ़ी कयौं गुणा बढ़ी हिड़न सफल भएको बताए

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण गुरूङ, प्रधानाध्यापक लक्ष्मी खनालले क्लबले विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै बिधालय महानगरको मुटु मै रहेको भएतापनि गरिव र न्यून आए भएका बिधार्थी अध्ययन गर्ने भएको हुँदा थप सहयोगको अपेक्षा गरेका थिए ।

क्लबका सचिव अर्जुन गैह्रेको संचालन रहेको कार्यक्रममा पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, कार्यक्रम संयोजक प्रेम बरालले पनि बोलेका थिए

42Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected