58Shares

बारपाक, गोरखा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याविनेट मिटिङ बारपाकमा सम्पन्न भएको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन्स लिडरहरुको उपस्थितिमा गोरखाको सुलिकोट गाउँपालिका, बारपाकमा क्याविनेट बैठक सम्पन्न भएको हो

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षता सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यता र डिष्ट्रिक्टका अभिभावकहरू पिएमसिसी मनबहादुर रोका, आईपिड़िजी रामबहादुर बसेल, पिड़िजी इन्दु लम्सालको बिशेष उपस्थितिमा क्याविनेट बैठक सम्पन्न भएको क्याविनेट सेक्रेटरी महेश पाण्डेले बताए

बैठकमा बोल्दै प्रमुख अतिथि भट्टले लायन्सको यस क्याविनेट बैठकले यहाँको पर्यटक पवर्धनमा ईटा थपेको महशुष गरेको बताए  उनले लायन्सको कामको बिषयमा आफु जानकार रहेको बताउदै ०७२ सालको भुकम्पको बेला लायन्सले यस क्षेत्रमा ल्याएका कार्यक्रम तथा योजना बिर्सन नसक्ने बताएका थिए आउँदा दिनमा पनि लायन्स क्लव तथा लायन्सकर्मीहरुको सहयोग एवं साथ रहने कुरामा आफु आशाबादी रहेको उल्लेख गर्दै समाज सुधारका लागि सहकार्य गर्न तयार रहेको जनाए 

डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले हाम्रो डिष्ट्रिक्ट बर्षको सुरुवाती चरणदेख़ि नेपालमा मात्र नभई लायन्स अन्तर्राष्ट्रियमा दोस्रो हुन नपरेको बताए आफुले सोचे भन्दा बढ़ी काम गर्न सफल भएको बताउदै गभर्नर केसीले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने एवं निस्वार्थ रुपमा सेवा गर्नेहरुलाई जिवन पर्यन्त सम्झिरहने बताए । उनले थपेहामी विनर मात्र भएका छैनौं, चाम्पिएन भएका छौंयहि स्थिति बर्षको अन्तसम्म कायम राख्न सबैमा अनुरोध समेत गरेका थिए

कार्यक्रममा डिष्ट्रिक्टका अभिभावक त्रयले लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले हरेक क्षेत्रमा उत्कृष्ठ काम गरेर विश्वमा नै नेपाली लायन्सकर्मीहरुको स्वाभिमान उच्च बनाएको बताउँदै प्रशंशा गरेका थिए

क्याविनेट सेक्रेटरी महेश पाण्डेको संचालनमा रहेको कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले स्वागत, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक एवं डिष्ट्रिक्टका एड़िशनल डिष्ट्रिक्ट कोअर्डिनेटर बिकास थापाले कार्यक्रमको बारेमा आफ्ना भनाई राखेका थिए

58Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected