41Shares

काठमांडौ । रोटरी क्लब अफ काठमाण्डौं हेरिटेजको चार्टड प्रस्तुतिकरण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले एक कार्यक्रमका बिच क्लबको चार्टड प्रस्तुतिकरण गरी डिष्ट्रिककै कान्छो क्लबको रुपमा सम्पूर्ण सदस्यहरुको पदस्थापना गराएका हुन् ।
रोटरी क्लब अफ काठमाण्डौं जावलाखेलले प्रायोजन गरेको क्लबमा बिभिन्न क्षेत्रहरुमा लामो अनुभव संगालेका २३ जना चार्टड सदस्यहरु रहेका छन् । क्लबको नेतृत्व डिष्ट्रिकमा सहायक गभर्नरको रुपमा जिम्मेवारी सम्हालीसकेका हेमा अधिकारीले चार्टड प्रेसिडेन्टको रुपमा गरेका छन भने सचिबमा डा. बुद्धि मल्ल र कोषाध्यक्षमा चिजन पौडेल, प्रेसिडेन्ट ईलेक्टमा कृष्ण प्रसाद शर्मा, भाईस प्रेसिडेन्टमा बिना पाठक पन्त र मेन्टरमा कृष्ण बहादुर अधिकारी रहेका छन् ।
कार्यक्रमा पूर्व डिष्ट्रिक गभर्नर जय राज्य लक्ष्मि शाह, चिन्तामणी भट्टराई, राजिब पोख्रेल, डिष्ट्रिक गभर्नर डेजिनेट नोमिनी बिष्णु बहादुर कार्की, सहायक गभर्नर राज भाई सुवाल, क्लबका सल्लाहकार डा. सुवास प्याकुरेल, रोटरी क्लब अफ काठमाण्डौं जावलाखेलका अध्यक्ष डा. बिष्णु राज उप्रेती डिष्ट्रिकका अन्य उच्च पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष रोटरीयन उपेन्द्र पौड्याल एवं दुबै क्लबका बोर्ड सदस्य तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबमा सदस्यहरुका दम्पत्तीहरुलाई सम्मान गरिएको थियो ।

41Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected