२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्धारा बृद्धाश्रममा सहयोग

पोखरा । पोखराका एक युवा व्यवसायीले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाएका छन् । युवा यातायात व्यवसायी हेमन्त मल्लले पोखरा सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरु संगै जन्मदिन मनाई बृद्धाश्रमलाई खाद्यन तथा नगद सहयोग गरेका हुन ।
म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोक बसोवास गर्ने मल्लले आफ्नो ३७ औं जन्मदिन बृद्धाश्रममा मनाएका हुन । जन्मदिनको अवसरमा पोखरा बृद्धाश्रममा ५ बोरा चामल, १० किलो दाल, १० किलो चिनी, २ किलो चियापत्ती, २ कार्टुन तोरीको तेल, ५ किलो चना, ७ प्याकेट दालमोठ, २ कार्टुन विस्कुट, मसला लगायतका खाद्यान्न तथा नगद रु ५ हजार ५ सय सहयोग गरेका हुन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी तथा स्थानिय यातायातसंग आवद्ध मल्लले हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेको बताए । उक्त अवसरमा आश्रममा आश्रित १ सय ५ बर्षिय बृद्ध नन्दलाल दाहालबाट आर्शिबाद ग्रहण गरेका थिए । पोखरा बृद्धाश्रममा आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिक काम गर्न पाएकोमा मल्लले खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने वताए ।
सो अवसरमा पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले सहयोगी परिवारलाई धन्यवाद दिर्दै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुलाई खुसी लाग्ने गरेको वताए । विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको र सहयोगदाताहरु को सहयोगले नै बृद्धाश्रम चल्ने गरेको सुनाए । रेडियो अन्नपुणर्का स्टेशन म्यानेजर सन्जय मल्लले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा फजुल खर्च गरि रमाइलो गर्नुभन्दा आश्रममा रहेको बृद्धबृद्धालाई सहयोग गर्न सके पुण्य प्राप्त हुने वताए । आश्रमका स्वास्थ्य प्रबन्धक सिद्दीकुमार रेग्मीले हरेक व्यक्तीले व्यवसायसंगै सामाजिक उत्तरदायित्वलाई बहन गर्न सके समाज सुसंस्कृत बन्ने बताए ।
खाद्यान्न तथा नगद हस्तान्तरण कार्यक्रममा मल्लका आमा धनुमाया मल्ल, श्रीमती मौनता मल्ल, छोरा सुनित मल्ल, यातायात व्यवसायी मनोज गुरुङ, दिपक गौतम उपस्थित थिए । हाल बृद्धाश्रममा ५० जना बृद्धबृद्धाहरु आश्रित रहेको आश्रमका अध्यक्ष पराजुलीले बताए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…