0Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागिसबैलाई आग्रह गरेका छन्  मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिकसप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुनेभन्दै यस्तो आग्रह गरेका हुन् 

एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य कुरा यसलाई अत्यन्तविशिष्ट जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उनले भने ।

शरीरमा रोग लाग्न नदिनका लागि आहार विहारमा ध्यान दिए जस्तैगरी ट्राफिक नियमहरू पालना गर्न झन्झटनमानी सरल रुपमा लिनुपर्नेमा उनको जोड 

दुर्घटनाको मूख्य कारण मानवीय लापर्बाही हुने तथ्यांकले देखाएको भन्दै यसलाई घटाउन सबैजना सचेतबन्नुपर्ने उनले बताए  कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारीचालकको लापर्बाहीकाकारण हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो यसैगरी यात्रुका कारण दशमलव ८२ प्रतिशत, यात्रीका कारण दशमलव ६८ प्रतिशत सडकका कारण दशमलव ९५ प्रतिशत दुर्घटना भएका छन्

यहाँ दिएको डाटा अनुसार दुर्घटनाका प्रतिशतमा मानवीय लापर्बाही नै प्रदान देखियो, नियम उल्लङ्घन कुरालेधेरैं क्षती भइरहेको हुन्छ, नियम पद्धतीमा चल्यौँ भने कहिल्यै समस्या हुँदैनमुख्यमन्त्री अधिकारीले थपे 

विद्यालयमा अध्ययनरत भाइबहिनीले जागरणको रुपमा लिएर सचेतना प्रदान गर्न भूमिका खेल्न सकेकोखण्डमा सभ्य समाज निर्माणमा सहजता हुने उनले सुनाए 

आफ्नो अघिल्लो कार्यकालमा विपद्, ट्राफिक नियम उल्लङ्घन, किशोरीको आत्मरक्षा लगायतको सम्बन्धमाकक्षा का विद्यार्थीलाई जानकारी दिन पाठ्यक्रम बनाउन सुरु गरेको भन्दै त्यसलाई अब पूणर्ता दिएरकार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत मुख्यमन्त्री अधिकारीले जनाए  जागरणका कार्यक्रमले सभ्यसमाज निर्माणमा सहयोग गर्ने उनको विश्वास

विद्यालयका भाइबहिनीले जागरणको रुपमा लिएको खण्डमा सभ्य समाज निर्माण त्यहींबाट सुरु हुन्छ, असभ्यसमाजमा दुर्घटना बढी हुन्छ, नियमहरु तोडिन्छ, हामी असभ्य हुन चाहदैनौ’ उनले भने 

ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने बताए  सबैको प्रयासका कारण पर्यटकको राजधानी पोखरा ट्राफिक व्यवस्थापनको क्षेत्रमा देशभरकैनमुना ठाउँ बन्ने विश्वास मुख्यमन्त्री अधिकारीले गरे 

गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा सय २२ वटा सवारी दुर्घटना हुँदा सय ५५ जनाले ज्यान गुमाएकोट्राफिक प्रहरीको तथ्यांक ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्नेछ शुभारम्भ कार्यक्रम अगाडिपोखराको चिप्लेढुंगाबाट सभागृहहलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी कार्यक्रमभएको थियो

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected