
पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल र एचआरडिसी बिच एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । डिष्ट्रिक्टले विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र (एचआरडिसी) बिच १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि स्वास्थ्य तथा पुनस्र्थापनका लागि सम्झौता गरेको हो ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन बर्ष २०२४/२५ का लागि मनोनित डिष्ट्रिक्ट पदाधिकारीहरूको प्रशिक्षण कार्यक्रममा आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर बिनोद ढंगानाले आफ्नो कार्यकालको स्लोगन मानवता पहिलो प्राथमिकता अन्तर्गतको महत्वपूर्ण कार्यक्रम अपाङगता हाम्रो आत्मीयतामा बर्ष भरी सहकार्य गरी कार्य गर्नका लागि उक्त सम्झौता गरिएको छ ।
आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर बिनोद ढंगानाले एलसिआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको उपस्थितिमा विकालाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रका गण्डकी प्रदेश फोकल व्यक्ति शालिकराम तिमिल्सिनाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
बैशाख २८, २०८१ देखि असार ३१, २०८२ सम्म हुने सम्झौता पत्रमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको(क्लब फुट), आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएकोखुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाँडम्रो खुस्किएको, जोर्नीहरुदुख्ने र सुन्निने समस्या भएको हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि. रोग लागेको , औंलाहरु एक–आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको, अन्य हाडजोर्नी सम्बन्धीसमस्या भएका, सहायक सामग्री तथा कृत्रिमजङ्गको आवश्यकता भएकाहरुले सेवा लिन सक्ने जनाईएको छ।














