
बेनी, म्याग्दी । लायन्स अन्तर्राष्ट्रियको सहयोगमा निर्मित म्याग्दीको बेनी बजारस्थित म्याग्दी बहुमुखी क्याम्पसमा निर्माण ५ कोठे विज्ञान प्रयोगशाला भवन हस्तान्तरण गरिएको छ ।
लायन्सद्वारा निर्मित विज्ञान प्रयोगशाला भवन कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले सोमवार बिधालयमा आयोजित एक समारोह बीच भवन उद्घाटन गर्दै क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ढुङ्गानालाई चापी हस्तान्तरण छन् ।

विज्ञान प्रयोगशालासहितको भवनमा फिजिक्स, केमेष्ट्री र बायोलोजीका छुट्टा–छुट्टै ल्याब, एउटा कार्यालय कक्ष र अध्यापन कक्षा कोठा रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले जानकारी दिए ।
डिष्ट्रिक्ट ३२५ आइ नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको संयोजनमा लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसनको १ करोड २० लाख र म्याग्दी स्थित क्लब बेनी म्याग्दी र म्याग्दी दोभानको २०/२० गरी एक करोड ६१ लाखमा म्याग्दी क्याम्पसमा साइन्समा अध्ययनरत विद्यार्थीको लागि ५ कोठे भवनसहित विज्ञान प्रयोगशाला निर्माण सम्पन्न भएको प्रोजेक्ट चेयरपर्सन सन्तोष रावलले जानकारी दिए ।

समारोहमा बोल्दै प्रमुख अतिथि बुर्लाकोटीले लायन्सले शिक्षा र स्वास्थ्यसहित विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । छोटो समयमै भवन निर्माण सहित सुविधायुक्त बिज्ञान प्रयोगशाला बिधालयलाई हस्तान्तरण गर्न सफल भएको बताउँदै आगामी दिनमा यस्ता रचनात्मक कार्य सहयोग गर्ने प्रतिबद्वता जनाए ।
गत बर्ष साविकका डिष्ट्रिक्ट रि–डिष्ट्रिंग गर्दा नेपालमा अन्तराष्ट्रिय सहयोगमा बृद्वी भएको बुर्लाकोटीले बताए । नेपालमा हाल विभिन्न डिष्ट्रिक्टमा १५ वटा स्थायी परियोजनाहरू मार्फ़त २८ करोड़ बराबरको काम भईरहेको बताउदै डाइरेक्टर बुर्लाकोटीले बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू अझै सक्रिय रहने बताए । लायन्स अन्तर्राष्ट्रियका ८ वटा कजेजलाई आधार बनाई प्रस्तावना सहित आवश्यक प्रक्रिया पुर्र्याई लायन्स अन्तर्राष्ट्रियमा प्रोजेक्ट पेश गर्न आव्हान समेत गरेका थिए ।
डिष्ट्रिक्ट ३२५ आई नेपाल संसारले सम्झन योग्य डिष्ट्रिक्ट रहेको बताउदै बुर्लाकोटीले असम्भवलाई सम्भव बनाउन सक्ने व्यक्तित्व चन्द्र केसी रहेको बताए । बिश्वका ७५३ वटा डिष्ट्रिक्टमा डिष्ट्रिक्ट ३२५ आई नेपाल रोलमोडलको रूपमा रहेको लायनवादको क्षेत्रमा विश्वमा इतिहास रचेको बुर्लाकोटीको भनाई थियो ।
प्रोजेक्ट चेयरपर्सन सन्तोष रावलको अध्यक्षता, डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी, पिएमसिसी मनबहादुर रोका, प्रोजेक्टका एडमिनिट्रेटर निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, बेनी नगरपालिका प्रमुख सुरत केसी, क्याम्पस प्रमुख गोरखबहादुर जिसी लगाएतले बोलेका थिए ।











