14Shares

स्याङजा । पुतलीबजार नगरपालिकाले वडास्तरीय महिला संजालका पदाधिकारीलाई क्षमता विकास तालिम दिएको छ । नगरपालिकाले महिला सशक्तिकरणका लागि छुट्टाएको बजेटबाट वडास्तरीय महिला संजालका पदाधिकारीहरुलाई ४ दिने क्षमता विकास सम्वन्धी तालिम दिएको हो । गएको आर्थिक बर्षको अन्त्यतिर नगरपालिकाले वडास्तरका महिला संयोजकहरुको राय, सुझाव लिएको थियो । उक्त राय र सुझावका आधारमा महिलाहरुलाई क्षमता विकास सम्वन्धी तालिम दिन लागिएको पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले जानकारी दिइन् ।
हामीलाई पहिला सकरात्मक सोचका लागि क्षमता विकास तालिम दिनुपर्‍यो भन्ने सुझाव महिलाहरुको आयो उपप्रमुख अर्यालले भनिन्,‘महिलाको क्षमतामा विकास भएमात्रै वडा, नगर र जिल्ला समृद्ध बन्न टेवा मिल्छ ।’ महिला जागरुक नहुँदा धेरै अधिकारका बिषय सगै विकासका कार्यहरु समेत प्रभावित भएका छन् उनले भनिन् । पहिलो चरण नगरपालिकाले नगरभित्रका झण्डै ६५ जना अगुवा महिलाहरुलाई क्षमता विकास तालिममा सहभागी गराएको उनले बताइन् ।
तालिममा सहभागी भएका महिलाहरुले वडातहका महिलाहरुलाई प्रशिक्षित गर्नेछन् उपप्रमुख तिवारीले भनिन्,‘सबै महिलामा क्षमता विकास भएपछि आयाआर्जनमा जोड्ने छौं ।’ सकरात्मक सोच भएपछि मिलाहरु आफै आयआर्जनको बाटो अपनाउने विश्वास नगरपालिकाले लिएको छ उनले भनिन् । शुक्रवारबाट शुरु भएको यो तालिम ४ दिनसम्म चल्ने नगरपालिकाले जनाएको छ । तालिममा सहभागी महिलाहरुलाई नगर प्रमुख तुलसीराम रेग्मीले तालिमको भरपुर उपयोग गर्न सुझाए । टोल—टोलमा पुगेर महिलाहरुलाई कानुनी अधिकार, क्षमता विकास सम्वन्धी प्रशिक्षण दिन नगर प्रमुख रेग्मीले आग्रह गरे । पुतलीबजार नगरपालिका महिलामैत्री नगरपालिका रहेका बताउदै नगर प्रमुख रेग्मीले आफ्ना अधिकार र मागलाई ढुक्कसगँ माग्न समेत आग्रह गरे ।
तालिमको पहिलो दिन प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सशक्तिकरण र महिला सशक्तिकरणका बिषयमा सहजीकरण गरेकी थिइन् भने जिल्ला अस्पतालका ओसिएमपी संयोजक गीता न्यौपानेले अस्पतालको सेवा सुविधाका बारेमा सहजीकरण गरेकी थिइन् । ४ दिनसम्म चल्ने तालिममा जिल्ला सरकारी वकिल कार्यालयका श्रीकला पौडेल, रेडियो स्याङ्जाका प्रवन्धक रमेश गोदार र नगरपालिकाका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ठगी कुमारी खनालले सहजिकारण गर्नेछन् ।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected