52Shares

काठमाडौं । पत्रकार सुरेन्द्र पौडेलले ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ प्राप्त गरेका छन् । पत्रकारहरुको तर्फबाट उनले उक्त अवार्ड प्राप्त गरेका हुन् ।
अनुजा मिडिया र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अवार्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर लगायत अतिथिहरुले पौडेललाई अवार्ड प्रदान गरेका हुन् ।
पौडेल आर्थिक मिडिया प्रालिका अध्यक्ष तथा आर्थिक आवाज पत्रिकाका सञ्चालक हुन् । अवार्ड प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै उनले अवार्डले आफ्नो क्षेत्रमा थस सक्रियताका साथ काम गर्न प्रेरणा मिलेको बताए ।
सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई उक्त अवसरमा अवार्ड प्रदान गरिएको अनुजा मिडियाका सिइओ अनुजा आचार्यले जानकारी दिइन् । एक्जिटो इभेन्ट्सका डाइरेक्टर सफरिन सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

52Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected