२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खेलकुद

वाईवाई यु-१९ क्रिकेट सुरु विन्ध्यवासिनी र बाराहीको जित

पोखरा । टिम विन्ध्यवासिनी र बाराहीले यू-१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौंट प्रतियोगिता २०८१ मा विजय सुरुवात गरेका छन् ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई नौ विकेट र दोस्रो खेलमा बाराहीले टिम अकलालाई सात विकेटले पराजित गरेको हो ।
२५ ओभरमा खेलाईएको प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभर खेल्दै नौ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । एक सय १६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बिन्ध्यवासिनीले १५.४ ओभर खेल्दै एक विकेट गुमाएर एक सय १६ रन बनाएर लक्ष्य पुरा गरेको थियो ।
बिन्ध्यवासिनीको जितमा सिब्रिन श्रेष्ठ नट आउट रहदै अर्धशतक पुरा गर्ने क्रममा ५१ बलमा नौ चौका र पाँच छक्का सहित टोलीका लागि ७६ रनको योगदान गरेका थिए । उनी खेलका म्यान आफदी म्याच समेत घोषित भएका थिए । टोलीका लागि सुरज श्रेष्ठले १७ र सफल श्रेष्ठले नट आउट रहदै एक रन जोडेका थिए ।
भद्रकालीका लागि सलभ सुबेदी नट आउट रहदै ५० बलमा दुई चौका प्रहार गदै टोलीका लागि सर्वाधिक २९ रन जोडेका थिए । टोलीका लागि सुमन पन्तले २५, अर्जुन कुमालले २२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेन्न ।
दोस्रो खेलमा खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अकला १४.६ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटिएको थियो । ५६ रनको लक्ष्य पछ्याउदै मैदान उत्रेको बाराही ८.४ ओभर खेल्दै तीन विकेट गुमाएर ६१ रन बनाउदै लक्ष्य पुरा गरेको थियो । बाराहीको जितमा ओपनर रोहित चन्द्र नट आउट रहदै २३ बलमा चार चौका सहित २६, खेलका म्यान आफ दी म्याच आदित्य थापाले १४ रन जोड्दा टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेन्न । उता अकलाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न असफल रहदा अनिश पटेलले टोलीका लागि सर्वाधिक सात रन जोडेका थिए ।
चार टोली सहभागि रहेको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले अम्पाएर द्धय भोजराज बराल र दिलिप अग्रहरीलाई बल हस्तान्तरण गदै गरेका थिए । उद्घाटन पछि मेयर अर्चायले महानगरपालिकाले खेलकुद र पर्यटनलाई जोड्ने गरि विभिन्न कार्यक्रम संचालन र सहयोग गदै आएको बताएका थिए । क्रिकेट सम्भावना बेकेको खेल रहेको भन्दै खेल क्षेत्रको लागि आउदो आर्थिक वर्ष महानगरले बजेट बृद्धी गर्ने बताएका थिए ।
आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताका लागि पहिलो चरणमा सहभागि ८४ जना खेलाडीहरुबाट ४८ जना छनौट गरि चार टिम बनाईएको जानकारी दिए । जिल्लाको प्रतियोगितापछि गण्डकी प्रदेश प्रतियोगिता हुने भएकाले जारी प्रतियोगिताबाट १४ जना खेलाडी छनौट गरिने जानकारी दिए । ११ गतेसम्म जारी रहेन प्रतियोगितामा बिहीबार र शुक्रबार दुई/दुई खेलहरु हुने उनले जानकारी दिए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…