२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

स्याङ्जामा विपद् सहायता कक्ष स्थापना

पोखरा भ्यूज
स्याङ्जा, २३ जेठ । मनसुन आउनु पुर्व स्याङ्जाले विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले मनसुनजन्य विपद् प्रभावितहरुको खोज उद्धार तथा राहत सम्वन्धी छलफलबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको हो । गृह मन्त्रालयले जिल्लामा विपद् सहायता कक्ष स्थापना गर्नु भन्ने निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा उक्त कक्षको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
जिल्लाका ११ ओटै स्थानीयतह, सुरक्षा समिति, जिल्ला स्थित उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार महासंघ र नागरिक समाज लगायतको सहभागितामा बसेको छलफलले जिल्ला विपद् व्यवस्थापन कक्ष सगै सबै पालिकामा पनि विपद् कक्षहरु संचालन गर्ने निणर्य भएको प्रजिअ नेपालले बताइन् । छलफलका क्रममा अहिले सम्म विपद् व्यवस्थापनमा पालिकाले गरेका गतिविधि र आगामी दिनमा गर्न सकिने कामका बारेमा प्रगति विवरण पेश गरेका थिए । गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य महाशाखाले दिएको परिपत्र अनुसार मनसुनजन्य प्रकोप आउन अगाडी तयारी अवस्थामा रहन र जनधनको क्षतीको संरक्षण गर्न अपनाउनुपर्ने विधिका बिषयमा सर्तक रहन अनुरोध गरेको थियो ।
सोही बमोजिम जिल्ला विपद् सहायता कक्षका लागि सहायक प्रजिअको संयोजनमा र स्थानीयतहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा समिति गठन गर्ने निणर्य भएको छ । जिल्ला व्यवस्थापन सहायता कक्ष संचालन समितिको सदस्यहरुमा जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, जिल्ला उद्योग वाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि, नागरिक समाजको प्रतिनिधि रहने र जिल्ला आपतकालिन केन्द्रका प्रतिनिधि सदस्य सचिव रहने छन् ।
मनसुन शुरु हुन लागेकोले यसबाट हुनसक्ने प्रकोपबाट बच्न र बचाउन सबै एकसाथ लाग्नुपर्ने प्रजिअ नेपालको अनुरोेध छ । प्राकृति होस वा जुनसुकै विपद् सूचना दिएर आउदैन छलफलमा निर्देशन दिदै प्रजिअ नेपालले भनिन्,‘जस्तोसुकै विपद्को सामना र प्रतिकार्यको तयारीमा रहिरहनु होला ।’ विपद्का बेला आलटाल, चासो र संवेदनशिल नबनेको देखिएमा कारवाही समेत हुने चेतावनी प्रजिअ नेपालले दिइन् । विपद्का बेला सबैसगँ समन्वय गर्दै हरेक पालिकामा रहेका उद्धारका सामाग्रीहरु तमतयार अवस्थामा राख्न समेत प्रजिअले सहभागीहरुलाई सुझाइन् ।
सहभागीहरुले संयुक्त प्रयासले मात्रै विपद्को सामना गर्न सकिने बताएका थिए । मनसुनजन्य प्रकोपबाट जोगाउन र जोगिन जिल्लाका सबै नागरिक सचेत रहन समेत जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । बाढी पहिरो लगायतका विपद्जन्य अवस्था आएमा नजिकको प्रहरी चौकी वा स्थानीय तहका सहायता कक्षमा खबर गर्न सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् सहायता कक्षका संयोजक दीपक पौडेलले आग्रह गरेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…