
पोखरा भ्यूज
२४ जेठ, पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर तीन अन्तर्गतका क्लबबीच परिचयात्मक एवं फेलोसिफ कार्यक्रम सम्पन्न भएको छ । बुधवार पोखरा अमरसिंहचोकस्थित होटल टास्कमा सम्पन्न परिचयात्मक एवं फेलोसिफ कार्यक्रममा आगामी बर्ष २०२४/०२५ का लागि क्लस्टर तीनका रिजन/जोन अन्तर्गतका पुराना १२ र नयाँ दुईगरी १४ वटा क्लबबाट करिव ६० जनाको उपस्थित रहेको थियो ।
क्लस्टर चिफ बिष्णु श्रेष्ठको अध्यक्षता, क्लस्टर को–चिफ रेश्मा शेरचन अधिकारीको संचालन रहेको कार्यक्रममा मिडिया एण्ड पब्लिकेसन्स् डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, ग्लोबल कजेज डिष्ट्रिक्ट चेयरपर्सन आरती अधिकारी, रिजन चेयरपर्सनद्वय सूर्य चपाई, कृष्ण कुमार श्रेष्ठ, जोन चेयरपर्सनहरू मातृका पोखरेल, हरिहर पराजुली, राज कुमार बी घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।
१४ वटा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको उपस्थिति रहेको कार्यक्रममा क्लस्टर चिफ बिष्णु श्रेष्ठले आगामी कार्यकाल लायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले ल्याएका वार्षिक कार्यक्रम रिजन, जोन र क्लब अध्यक्ष सहित क्लब पदाधिकारीको काम कर्तव्य र अधिकारका बारेमा जानकारी सहित अध्यक्ष, जोन/रिजनसँग प्रतिबद्वता मागेकी थिईन् । भने, रिजन चेयरपर्सनद्वय सूर्य चपाई र कृष्ण कुमार श्रेष्ठ, जोन चेयरपर्सनहरू मातृका पोखरेल, हरिहर पराजुली, राज कुमार बी घिमिरे र क्लब अध्यक्षसहित पदाधिकारीले आफ्नो काम कर्तब्यप्रति सजक रहदै डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई हरप्रयासले कार्यान्वयन गराउन लागि पर्ने प्रतिबद्वता ब्यक्त गरेका थिए ।
परिचयात्मक एवं फेलोसिफ कार्यक्रममा बिशेष आमन्त्रित ब्यक्तित्व मिडिया एण्ड पब्लिकेसंस् डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारीले लायन्सले दिएको अवसर ‘एक व्यक्ति, एक पद र एक कार्यकाल’को प्रसंगबारे चर्चा गर्दै प्राप्त जिम्मेवारी कार्य कुशलताका साथ सम्पन्न गरी कार्यकाल सकिदै गर्दा पूर्व मात्र नभई अभूतपूर्व हुन सबैलाई शुभकामना दिएका थिए ।
‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ हामी लायन्सले सेवाका अति उत्कृष्ट कार्य गछौं तर प्रचार त्यति गर्दैनौं । सेवा प्रचारमुखी हुनुहुँदैन भन्ने हाम्रो मान्यता पनि हो । तरपनि, समाजमा लायन्सले कसरी काम गर्छ, समाज सेवाका साथसाथै समाज परिवर्तनमा लायन्सले दिएको योगदान के छ यी र यस्ता कुराहरू सबैले थाह पाउँनुपर्छ, थाह पाउँनका लागि संचारको महत्वपूर्ण भूमिका रहने हुँदा सम्भव भएसम्म संचारका विभिन्न माध्यम मार्फ़त प्रचार-प्रसार गर्नु पर्ने भनाई मिडिया एक्जुकेटिभ अधिकारीले राखेका थिए ।







सम्बन्धित खवर















