२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

स्कूल अफ डेमोक्रेसी नेपाल कास्कीको अध्यक्षमा शुवाष सिग्देल

पोखरा । पोखरा–८, सिमलचौर निवासी सामाजिक अभियन्ता शुवाष सिग्देल स्कुल अफ डेमोक्रेसी नेपाल कास्की जिल्लाको अध्यक्षमा मनोनित भएका छन् । राजनैतिक दल, सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रकृयालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले स्थापित स्कुल अफ डेमोक्रेसी जिल्ला अध्यक्षको जिम्मेवारी सिग्देललाई दिएको छ ।

सामाजिक क्रियाकलापका माध्यमबाट प्रजातन्त्र, युवा वकालत, नेतृत्व बिकास, सामाजिक शसक्तीकरणलगायतको क्षेत्रमा योगदान पु¥याउने लक्ष्यका साथ सिग्देललाई जिल्ला अध्यक्षको भूमीका दिइएको स्कुल अफ डेमोक्रेसी नेपाल गण्डकी प्रदेशका अध्यक्ष गंगाधर पराजुलीले जारी गरेको नोमिनेसन लेटरमा उल्लेख गरिएकोछ ।  

स्कुल अफ डेमोक्रेसीले विभिन्न जिल्लामा शाखा बिस्तार गर्ने क्रममा कास्कीमा पनि शाखा विस्तार गरेको गण्डकीका अध्यक्ष पराजुलीले जनाए । स्कुल अफ डेमोक्रेसीका अध्यक्षमा निर्वाचित सिग्देल कांग्रेस पोखरा महानगरपालिका वडा नं. ८ का निवर्तमान सभापति समेत हुन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…