पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा प्रस्तुत गरेका हुन् । सार्वजनिक भएको नीति तथ कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
सोमबार मात्रबिश्वासको मत पाएका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘आत्मनिर्भर र समुन्नत प्रदेश–सम्मानित प्रदेशबासी’ को सोच राखिएको उल्लेख छ ।

नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन लगायतका क्षेत्रलाइ प्राथमिकता दिईएको छ ।इन्भेस्ट गण्डकी कार्यक्रम संचालन गरी निजि तथा सार्बजनिक साझेदारीमा कार्यान्बयन हुने परियोजनाकोबिकास, लगानी र प्रबर्धनमा सहजीकरण गर्ने कुरा नीति कार्यक्रममा उल्लेख छ ।



कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामामा राखिएको नीति तथा कार्यक्रममा कृषि बिमा प्रिमियममा सहुलियत दिने, कृषि कर्जामा ब्याज अनुदान दिने कुरा पनि उल्लेख छ। यसका साथै प्रदेश सरकारको साझेदारी– बाँझो रहन्नखेतबारी, मोबाइल माटो अस्पताल, १ निर्बाचन क्षेत्रमा १ प्रबिधि मैत्री कृषि फर्म, १ वडा १ उत्पादन, बाँदरकोअतिक्रमण रोक्न कृषि हेरालोको प्रबन्ध गर्ने जस्ता कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पोखरा जाउँ, प्रकृति र संस्कृति संग रमाउँ, पहिले घरदेश अनि परदेश, राउण्ड फेवा–भ्यु फेवा जस्ता कुरा पर्यटनअन्तर्गत उल्लेख गरिएको छन ।
‘गिग अर्थतन्त्र’को सम्भावनालाई आत्मसात् गर्दै यसका संवाहकका रुपमा रहेका जस्तैः राइड सेयरिङ सेवा, कम्प्युटर प्रोग्रामिङ, सफ्टवेयर निर्माण लगायतका सेवालाई वैधानिक व्यवस्था गरिने बताइएको छ । लगानीमैत्री वातावरणका लागि लगानीकर्तालाई सरलीकृत रुपमा सेवा र सूचना प्रदान गर्न प्रदेश एकल विन्दु सेवा केन्द्रको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘प्रदेश सरकारको साझेदारी: बाँझो रहन्न खेतबारी’ भन्ने अभियानका साथ बाँझो जग्गालाई उपयोगमा ल्याइ उत्पादन वृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, तरकारी, मसला, घाँसेबाली, गाँजा, अकबरे खुर्सौनी, टिमुर आदिको उत्पादन कार्यलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न तल क्लिक गर्नुहोस ।
आ.व. २०८१।८२ को नीति तथा कार्यक्रम.pdf





