7Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले आयआर्जनका लागि कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिका भित्र रहेका फरक क्षमताका नागरिकलाई आयआर्जनमा टेवा पुग्ने उदेश्यले कुखुराका चल्ला वितरण गरेको हो । फरक क्षमता भएका मध्ये पहेलो र सेतो कार्ड प्राप्त गरेका लाभग्राहीलाई १० ओटाका दरले कुखुराका चल्ला वितरण गरेको वालिङ नगर पशु शाखाका प्राविधिक डोलराज गैह्रेले जानकारी दिए ।
१४ वटा वडा रहेको वालिङका सबै वडाका फरक क्षमता भएर पनि सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने लाभग्राहीको दैनिक आयआर्जनमा केहि मात्रामा भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले कुखुराका चल्ला प्रदान गरिएको प्राविधिक गैह्रेले बताए ।
नगरपालिकाले २९ जना फरक क्षमता भएका पहेलो र सेतो कार्ड प्राप्त गरेका नागरिकलाई उन्नत जातको कुखुराका चल्ला वितरण गरिएको वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनीले बताए । फरक क्षमता भएका नागरिक पनि बाच्न सहज हुने बातावरण स्थानीय सरकारले बनाइदिनुपर्छ पंगेनीले भने,‘अनुदान थोरै भएपनि यसको सदुपयोग गर्नुहोला ।’ अनुदानबाट प्राप्त गरेको चल्लाको दुरुपयोग नगरी आयआर्जन हुनेगरी सदुपयोग होस उनले भने ।

सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, पशु शाखा प्रमुख रोशन बस्याल, स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पंगेनी, कार्यपालिका सदस्य हरिलाल विकलगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । १४ वटै वडाका पहेलो र सेतो कार्ड पाएका नागरिकलाई यस्ता कार्यक्रमको निरन्तरता रहिरहने नगरपालिकाले जनाएको छ ।
सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीले फरक क्षमता भएकाहरुलाई यो कार्यक्रमले आर्थिक रुपमा सबल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिन् । हरेक कार्य सानैबाट शुरु हुने भएकाले व्यवसायिक रुपमा अगाडि बढ्न चाहानुहुनेका लागी नगरपालिकाले सँधै सहयोग गर्दै आएको पंगेनीले स्मरण गराइन् । लाभग्राहीले नगरपालिकाले दिएको अनुदानको पुरा सदुपयोग हुने बताएका थिए ।

7Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected