२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा सचेतना

पोखरा ।  विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा बुधबार पोखरामा श्रमिक शिक्षा विषयक सचेतना कार्यक्रम आयोजना गरियो । अंग्रेजी पात्रो अनुसार जुन १२ लाई बालश्रविरुद्धको दिवसको रुपमा मनाइन्छ ।
‘बालश्रम अन्त्यको लागि सँगसँगै प्रतिवद्धता’ भन्ने नाराका साथ पोखरा उद्योग वाणिज्य संघ, श्रम तथा रोजगार कार्यालयको संयुक्त आयोजना, राष्ट्रिय बालअधिकार परिषद, बालअधिकारका लागि नागरिक समाजसँगको समन्वय र किडासाको सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।
सचेतना कार्यक्रम बढी मात्रामा श्रमिक बालबालिका प्रयोग हुने व्यवसायका रोजगारदाता, श्रमिक बालबालिका तथा सरोकारवाला निकाय लक्षित थियो ।
पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका कारखाना निरीक्षक इन्जिनियर बलराम कुसवाहा र राष्ट्रिय बालअधिकार परिषदका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले श्रम कार्यालयबाट गरिने काम तथा श्रम ऐनका विषय र बालश्रम, कानूनी प्रावधान तथा व्यवहारिक पक्षबारे जानकारी गराएका थिए ।
कार्यक्रमको खुला सत्रमा पोखरामा बालबालिकाको अबस्था, व्यवहारिक पक्ष तथा कानूनी पक्षमा मेल नखाने तर्क सहभागीले दिएका थिए ।
पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोर्कण कार्कीको स्वागत रहेको सो कार्यक्रममा शान्तिका लागि नागरिक समाजका अध्यक्ष बिना सिलवाल, श्रम तथा रोजगार कार्यालयका बरिष्ठ श्रम अधिकृत सुरेश ढकाललगायतले बालश्रम अन्त्यका लागि सरोकारवाला सक्रिय रहनुपर्ने मन्तव्य राखेका थिए ।
यसैबीच बालअधिकारका लागि नागरिक समाजले बुधबार नै  सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा र श्रम तथा रोजगार कार्यालय पोखराका बरिष्ठ श्रम अधिकृत सुरेश ढकाललाई बालश्रम अन्त्यका लागि ध्यानाकर्षण पत्र बुझाएका छन । सोही अवसरमा पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रमार्फत् पोखरा १७ मा रहेको पार्दी माध्यमिक विद्यालय र पोखरा ८ मा रहेको श्री राम आधारभूत विद्यालय सिमलचौरमा अध्ययन गर्ने तीन सयजना बालबालिकाहरुलाई बालश्रमका विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…