6Shares
पोखरा । यू-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत ब्याडमिन्टनमा दुई विधाका सेमिफाईनल खेलहरु सकिएका छन् ।
छात्रा एकलतर्फ बागमतीका रिहाना शेरचन र कोशीकी निभा राई उपाधिका लागि भिड्ने भएका छन् । शेरचनले गण्डकीकी समृद्धी श्रेष्ठलाई २१-१२ र २१-९ अंकले पराजित गर्दा राईले गण्डकीकी दिलाशा रानालाई १२-२१,२१-१९ र २१-१७ अंकले पराजित गदै अन्तिम दुईमा स्थान सुरक्षित गरेका हुन् ।
छात्र एकलतर्फ गण्डकीका सफल भुजेल र लुम्बिनीका सुविन श्रेष्ठ उपाधिका लागि भिड्ने भएका छन् ।

भुजेलले बागमतीका रिजन मगरलाई २१-१७ र २१-१३ अंकले पराजित गर्दा श्रेष्ठले कोशीका सुदिप राईलाई २१-१३ र २१-१४ अंकले पराजित गदै उपाधि नजिक पुगेका हुन् ।
तस्विरः सुदर्शन रञ्जित

6Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।