२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

गण्डकीको बजेट ३३ अर्व

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि करिव ३३ अर्बको बजेट ल्याएको छ।अर्थमन्त्री डा. टकराज गुरूङले शनिवार आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजाररुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

यो बजेट चालु आवको भन्दा कम हो। संघीय सरकारले नै अनुदानहरु कटौती गरेकाले प्रदेशको बजेट आकारघटेको हो। प्रदेश सभामा अर्थमन्त्री गुरूङले कुल बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँकोविनियोजन विधेयक पेस गरे। त्यस्तै बजेटले चालु खर्च १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात् ३९.९१ रपुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार अर्थात् ५९.१९ प्रतिशत बजेट विनियोजन गरेको छ।

मन्त्री गुरूङका अनुसार वित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात कुल विनियोजनको ०.९० प्रतिशत रकम  छुट्याइएको छ। सो रकम मध्य आगामी आर्थिक वर्ष रु. १ करोड ७६ लाख ११ हजार प्रदेश सञ्चित कोषमाथिव्ययभार हुने अनुमान गरिएको छ ।

सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ। समानीकरणअनुदानमार्फत अनुदानबाट रू. ७ अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रू. ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट रू. ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ रू. ३ अर्ब १० करोड ११ लाख, समपूरकअनुदानतर्फ रू. १ अर्ब १९ करोड र विशेष अनुदानतर्फ रू. ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान उनले बताए।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रू. ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान गरेको बताए । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रू. २ अर्ब ९४ करोड नगद मौज्दात बचत हुने र न्यूनहुने रकम मध्ये रू. १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको अर्थमन्त्री गुरूङले बताए ।

बजेटको पूर्ण पाठ

content/uploads/2024/06/M.-budget-speech-final- 

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…