२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
अर्थ र वाणिज्य

आर्थिक ऐनमा भएका संशोधन र छुटबारे पोउवा संघमा अन्तरक्र्रिया, छुटको लाभ लिन आग्रह

पोखरा । नेपाल सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेटसँगै आएको  आर्थिक ऐन २०८१ ले करका दरहरुमा हेरफेरमात्र गरेको छैन, केही विशेष छुट र सहुलियतको पनि घोषणा गरेको छ ।
अािर्थक ऐनले कुनै व्यक्तिले विगतमा कर लाग्ने कारोबार गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिको हकमा स्थायी लेखा नम्बर लिइ आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० को बुझाउनुपर्ने आय विवरण र त्यसमा लाग्ने कर बुझाएमा शुल्क तथा ब्याज मिनाहा गरेको छ । अर्थात् उसले यसअघिका वर्षहरुको हिसाब बुझाउनुपर्ने छैन । कर प्रणालीमा समयमै कर नबुझाए जरिवानाको रकम ठूलो हुन्छ ।
त्यस्तै,स्थायी लेखा नम्बर लिइ आयको विवरण नबुझाएका करदाताको हकमा आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशत रकम बुझाएमा शुल्क र बाँकी ब्याज मिनाहाको व्यवस्था गरेको छ । यी दुबै छुटहरु आउँदो फागुन मसान्तसम्म लिन सकिने छ । तर, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले यस्तो छुटको लागि असार मसान्तसम्म आवेदन दिन आग्रह गरे । असार मसान्तपछि त्यस्तो सुविधा लिन खोज्दा आर्थिक वर्ष २०८१÷०८२ को विवरण पनि थपिने भएकाले उनले सो आग्रह गरेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघले आउँदो आर्थिक वर्षको राजश्व नीति र आर्थिक ऐनमा भएका फेरबदलबारे जानकारी दिन बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आन्तरिक राजश्व कार्यालयले एउटै टेबुलबाट सेवा दिने घोषणा पनि गरे । व्यवसाय दर्ता प्रक्रिया झन्झटिलो भएको र पालिका, पर्यटन तथा उद्योग कार्यालय ( पुरानो घरेलु तथा साना उद्योग कार्यालय) र आन्तरिक राजश्व कार्यालय धाउँदा र शुल्क तिर्दा झण्झट ब्यहोर्न परेको व्यवसायीको गुनासोपछि उनले पालिकाहरुले सेवालाई कर प्रणालीसँग जोड्दा त्यस्तो भएको बताए । सकेसम्म एउटा कार्यालयमा उद्योग÷व्यवसाय दर्ता गरेपछि अन्यन्त्र जानै नपर्ने व्यवस्था गरिनुपर्नेमा उनी सहमत देखिए ।
कार्यक्रममा आर्थिक ऐनले प्रदान गरेका छुट र सुविधाबारे जानकारी दिँदै कर अधिकृत रेणु भट्टराई तिमिल्सिनाले २०८० सालसम्म मूल्य अभिवृद्धि करको विवरण पेश नगरेका करदाताको हकमा सो कर ( भ्याट) र त्यसमा लाग्ने ब्याजको ५० प्रतिशत रकम आउँदो फागुन मसान्तसम्म बुझाए लाग्ने जरिवाना तथा थप दस्तुर मिनाहा हुने जानकारी दिइन् । उनले ढुवानी सेवा र हवाइ सेवा प्रदान गर्नेहरुको हकमा पनि छुटको व्यवस्था गरिएको बताउँदै नेपालमै उत्पादित आलु, प्याजमा भ्याट छुट दिएको जानकारी पनि गराइन् । मदिरालगायतका केही बस्तुको अन्तः  शुल्क बढेको,व्यवसायीले ज्याला वा तलब दिँदा २५ हजारभन्दा बढीको हकमा नगद दिन नपाइने पनि उनको भनाइ थियो ।
आर्थिक ऐनले अब उप्रान्त व्यक्तिगत खातामा व्यवसायको आम्दानी राख्न नपाइने र पसल÷उद्योगमा क्यूआर कोड राख्दा पनि व्यवसाय जे नाममा दर्ता भएको छ, त्यही नाममा क्यूआर कोड लिनुपर्ने व्यवस्था भएको बताइन् । यस्तै ऐनले भ्याटको बिलको स्वरुप परिवर्त गरेको र अब आइन्दा विदेशबाट आयातित बस्तुको हकमा अनिवार्य रुपले एचएस ( हार्मोनाइज्ड सिस्टम) कोड राख्नुपर्ने बताइन् । कुनै बस्तुलाई चिनाउन विश्व व्यापार संगठनले दिएको नम्बरलाई एचएस कोड भनिन्छ । यस्तो कोड आयातकर्ताले खुद्रा व्यवसायीलाई उपलब्ध गराउनुपर्ने पनि उनको भनाइ छ ।
पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापतिले बजेटसँगै आउने आर्थिक ऐनले दिएका छुट र करका दरमा भएका परिवर्तनबारे जानकारी दिन अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको बताए ।  कर प्रणाली व्यवसायी मैत्री हुनुपर्ने र करमा भएका परिवर्तनसँगै छुटबारे व्यवसायीले पनि जानकारी राख्नु आवश्यक भएको उनको भनाइ थियो ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले आर्थिक ऐनले दिएका छुटको उपयोग गर्न र दण्ड–जरिवानाबाट बँच्न व्यवसायीहरुलाई आग्रह गरे । कर प्रशासनले कर शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि उनको जोड थियो ।
संघका महासचिव बलराम आचार्यले व्यवसायी मैत्री कर प्रणालीले नै बढी राजश्व संकलन हुने धारणा राखे । अन्तरक्र्रिया कार्यक्रममा संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, कार्यसमिति सदस्यहरु स्ुदीप प्रधानाङ््ग,बालकृण कोइराला, माधव बस्ताकोटी, राम कँडेल र टीकाराम सुवेदी, अग्रज व्यवसायी लक्ष्मण श्रेष्ठ,निर्माण व्यवसायी हरिशंकर भण्डारीलगायतले आर्थिक ऐनका प्रावधानाबारे विभिन्न जिज्ञासा राखेका थिए ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…