पोखरा, ११ असार । पोखरा विश्वविद्यालयले नेपालमा निवृत्तिभरणको व्यवस्थामा सुधार विषयमा शोध तयार गरेका दिलीपराज पौडेललाई विद्यावारिधी उपाधि प्रदान गरेको छ ।
पोखरा विश्वविद्यालयको काउन्सिल अफ डक्टरेट स्टडिजको निणर्य अनुसार पौडेललाई विद्यावारिधी उपाधि प्रदान गरिएको हो ।
वि सं २०२६ साल बैशाख २७ गते भरतपुर नगरपालिका वडा नं ५ नारायणपुरमा जन्म भई हाल ललितपुरमा बसोवास गर्दै आएका पौडेल बिगत ३४ बर्षदेखि कर्मचारी संचय कोषमा कार्यरत छन् । यस अघि पोखरास्थित कर्मचारी सञ्चय कोषमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालीसकेका उनी हाल कर्मचारी सञ्चय कोषको हेटौंडा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका छन् ।
विभिन्न राष्ट्रिय एवम् अन्तराष्ट्रिय तालिम, सेमिनारहरूमा सहभागिता जनाइसकेका पौडेलले विभिन्न क्याम्पसहरूमा समेत अध्यापन गराएका छन् ।
सामाजिक सुरक्षाको महत्वपूर्ण पाटोका रुपमा रहेको निवृत्तिभरण व्यवस्थापनको विषयले विश्वव्यापी चासो र चर्चा पाइरहेका सन्दर्भमा पौडेलको यो शोधले नेपालमा चुनौतीपूर्ण बन्दै गएको निवृत्तिभरण व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
नेपालमा सरकारी तथा सार्वजनिक संस्थाहरुमा योगदानरहित निवृत्तिभरणको व्यवस्थापन भइरहँदा यसले राज्यकोषबाट आर्थिक दायित्व बेहोर्नुपरेको थियो । यसलाई सहज बनाउँदै २०७६ साउन १ गतेदेखि नयाँ नियुक्त हुने सरकारी कर्मचारी (निजामती, सेना, प्रहरी, सशस्त्र प्रहरी र विशेष सेवा) का हकमा योगदानमा आधारित निवृत्तिभरणका लागि ६/६ प्रतिशत योगदान सुरु गरिएको छ । जसको संकलन तथा व्यवस्थापनका लागि सरकारले कर्मचारी सञ्चयकोषलाई जिम्मेवारी दिएको छ । यद्यपि अहिलेसम्म पनि शिक्षकहरू योगदानमा आधारित निवृत्तिभरण योजनामा समेटिएका छैनन् । साथै प्रदेश र स्थानीय तहमा नयाँ नियुक्त भएका कर्मचारीहरू र सबै सार्वजनिक संस्थाहरूमा यो व्यवस्था पूणर्तः कार्यान्वयनमा आउन सकेको छैन । पौडेलको यस शोधले राज्यलाई नीतिगत सुधारका लागि थप योगदान गर्न सक्ने विश्वास लिइएको छ ।
दिलीपराज पौडेललाई विद्यावारिधी उपाधि