
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लष्टर–२, रिजन–३, जोन–६ अन्तर्गतको क्लब लायन्स क्लव अफ पोखरा पिस टाउनले लायन बर्ष २०२४/२५ को सुरुवातको अवसरमा बृक्षारोपण सम्पन्न गरेको छ ।
क्लबले सुक्रवार पोखरा–२० भलामस्थित श्री महेन्द्र मा. वि. प्राविधिक धार–बाली विज्ञानमा विभिन्न जातका फलफुलका विरुवा रोपण गरेको हो । क्लवका सचिव कल्पना रावतका छोरीको शुभजन्मोत्सवको अवसर पारी क्लबले उक्त कार्यक्रम सम्पन्न गरेको अध्यक्ष कान्ती पौडेलले बताईन् ।
क्लबका अध्यक्ष कान्ती पौडेलको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बोधराज पौडेल, डिजि टु क्लब भिजिट चेयरपर्सन शोभा अधिकारी पौडेल, रिजन चेयर पर्सन ज्ञानबहादुर राना, जोन चेयर पर्सन केसी माया नेपाली, क्लबका सचिव कल्पना रावत लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बृक्षारोपण जस्ता कार्यबाट बातावरणको क्षेत्रमा उल्लेख्य भुमिका खेल्ने र समाजलाई सामाजिक भावनामा उत्प्रेरण जगाउने कुरामा जोड दिएका थिए ।







सम्बन्धित खवर
















