पोखरा, २४ असार । शुभकामना आमा समुहको आयोजना एवम पोखरा महानगरपालिका वडा नं.१७ को आर्थिक सहयोगमा आयोजित एक दिने क्षमता अभिवृद्धि एवम् नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
आमा समुहका प्रत्येक गतिविधि सञ्चालनलाई प्रभावकारी बनाउने उदेश्यले आयोजित तालिममा ४५ जनाको समुहका सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा घनश्याम पाण्डेले प्रशिक्षण दिएका थिए ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै तालिमबाट प्राप्त सिपलाई व्यवहारमा उतार्दै समुहका कार्यक्रम सञ्चालनमा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।


आमा समुहको बैठक तथा औपचारिक कार्यक्रम सञ्चालन, माइनुट लेखनका साथै प्रस्तुतिमा तालिम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले नेतृत्व विकास गर्दै राजनैतिक,सामाजिक तथा आर्थिक विकासमा जोडिनु पर्ने आवश्यकता औल्याएकी छन् ।

पोखरा १७ का वडासदस्य शिवराम भण्डारीले सकृय सहभागिताबाट मात्र तालिमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै प्राप्त सिपलाई व्यवहारमा उतर्न सहभागिलाई आग्रह गरे ।
समुहका अध्यक्ष कोकिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १७ का सचिव प्रमीला सुवेदी, म्यूजियम मार्ग टोल सुधार समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरि बास्तोला, समुहका उपाध्यक्ष अञ्जु गुरुङ, सचिव मिना द्धारे लगायतले तालिमको महत्व र उपदेयता बारेमा चर्चा गरेका थिए ।




