युवराज खनाल । आज जुलाई ७ तारिख अर्थात जापानको विशेष दिन हो । किनकि आज जापानमा तानाबाता पर्व (ताराको पर्व) हो।
तानाबाता एक जापानी परम्परागत सांस्कृतिक पर्व हो । यो हरेक वर्ष जुलाई ७ मा पर्दछ। चिनबाट जापान भित्रिएको मानिने यस तानाबाता पर्वका बारेमा थुप्रै किंवदंती तथा कथाहरु छन् । ति कथाहरुसंगै यस पर्वको मूल्यमान्यताहरुलाई पनि फरक/फरक तरिकाले बयान गरिएको पाईन्छ। समय वित्दै जाँदा यसलाई मनाउने तरिका केहि परिस्कृत हुँदै आएको पाईन्छ। हरिया बाँसका हाँगाहरुमा रंगिचंगि कागजहरुमा शुभकामना लेखेर झुण्ड्याउने गरिन्छ।

यसै अवसरमा पोखरामा आइतबार जापानमा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीहरुलाई ध्यानमा राखेर भाषा संघ नेपालको आयोजनामा तानाबाता पर्वको कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पोखरामा रहेका विभिन्न जापानी भाषा स्कुल बाट ५ सय भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो । जसमा प्रायः जापानमा उच्च शिक्षाको लागि जान चाहने विद्यार्थीहरु थिए ।



भाषा संघ नेपालका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षता र द्वित्तिय उपाध्यक्ष सबिता शेरचन संयोजन गरेको कार्यक्रममा सहभागि व्यक्तिहरुले ओरिगामिको बारेमा सिक्न पाएका थिए ।

साथै, सहभागीले जापानी पोषाक लगाउने, फोटो खिच्ने अवशर पाएका थिए भने जापानी भाषाको जापानी संस्कृति पनि बुझ्न पाएकोले सहभागिहरुमा उत्साह थपिएको थियो।
महासचिव बाल कृष्ण शर्माको संचालन रहेको कार्यक्रम भाषा संघ नेपालका विविध पक्षका बारेमा जानकारी गराईएको थियो ।
जापान जाने विद्यार्थीहरुको हकहितको लागि खोलिएको संस्था भएको हुनाले विगतदेखी हालसम्म विद्यार्थीहरु लक्षित कार्यक्रम गरिरहेको र यसप्रकारको कार्यक्रमबाट जापानमा अध्ययनको लागि जाने विद्यार्थीहरुले धेरै जानकारि सिक्ने मौका पाएको संस्थाका अध्यक्ष सृजन भान्साकार्यले बताए ।
संयोजक सबिता शेरचनका अनुसार यस प्रकारको कार्यक्रमबाट जापान जाने व्यक्तिहरुले जापानी संस्कृति बुझ्ने अवशर पाएको भनाई छ ।




