15Shares

पोखरा । टिभिएसको लागि पोखराको क्षेत्रको आधिकारिक बिक्रेता ¬स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ ।

असार २६ गते बुधबार एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शोरुमको उद्घाटन गरेका हुन् ।

नेपालमा उपलब्ध टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटर शोरुममा उपलब्ध हुनेछन् । बिक्री पछिको सेवालाई प्राथमिकता दिदै सर्भिस र स्पेयर्स पार्टसको समेत सुविधा रहने गरी शोरुम सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ ।

सर्भिस सेन्टर पोखराको पर्स्याङमा स्थापना गरिएको कम्पनीका कार्यकारी निर्देशक बिनोज पोटेले जानकारी दिए । पोखरामा टीभीएसका उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेको सञ्चालक आदर्शमान श्रेष्ठले प्रतिबद्धता जनाए ।

टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रा.लि. होे । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको प्रालिले जनाएको छ ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected