२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

पुर्व सभापति सम्झदै स्याङ्जा काँग्रेस

वालिङ । नेपाली काँग्रेस स्याङ्जाले पुर्व सभापतिहरुको सम्झनामा विविध कार्यक्रम गर्ने भएको छ । काँग्रेसका संस्थापक नेता विश्वश्वर कोइराला, स्याङ्जाका पुर्व सभापति खगेन्द्रराज रेग्मी र पुर्व सभापति कमलप्रसाद पंगेनीको सम्झनामा विविध कार्यक्रम गर्ने भएको हो । नेपाली काँग्रेस स्याङ्जाको आज बसेको बैठकले पुर्व सभापतिहरुको सम्झनामा रचनात्मक कार्यक्रम गर्ने निणर्य गरिएको कार्यबहाक सभापति केदार काफ्लेले जानकारी दिए ।
साउन ६ गते काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवसमा जिल्लाका ११ ओटै पालिकामा बृक्षारोपण र बिचार गोष्ठि आयोजना गरिने कार्यबहाक सभापति काफ्लेले बताए । वीपीको सम्झनामा जिल्लाभर कार्यकर्तालाई आ—आफ्ना पालिकामा हुने बृक्षारोपरण, विचार गोष्ठि र रचनात्मक कार्यक्रममा सहभागी हुन आव्हान गरिएको सभापति काफ्लेले बताए । कार्यबहाक सभापति काफ्लेका अनुसार पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मीको नाममा स्याङ्जा पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरिने निणर्य भएको बताए ।
पुर्व पार्टी सभापति तथा पुर्व सांसद कमलप्रसाद पंगेनीको छैठौं बार्षिक स्मृतिमा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गर्ने तयारी गरिएको छ । पुर्व सभापति पंगेनीको २०७५ साउन २० गते निधन भएको थियो । जिल्ला काँग्रेसको संगठकका रुपमा पहिचान बनाएका पंगेनीको स्मृतिमा रक्तदान कार्यक्रम सहित धार्मिक स्थल रामनदीधाममा लाखबत्ती बाल्ने र धार्मिक कार्यक्रम गरिने सभापति काफ्लेले बताए । पुर्व सभापति पंगेनीको शालिक राख्ने कार्यलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति र कमल पंगेनी प्रतिष्ठानले संयुक्तरुपमा अगाडी बढाउने निणर्य गरिएको नेपाली काँग्रेसले जनाएको छ ।

May be an image of 1 person and text that says 'GLOBAL GLOBALMOON MOoN ConsultancyPvt.Ltd. Consultancy Pvt. Ltd. Putallsadak. Office Kathondı န Kathmandu sındı .EPH41時量1成、中国本40338e5 9856033665 Had6o32605 TbHwBaй STUDY UK IN 北 for world world-class -class education, diverse programs, and ndavibrantculturalexperience. α vibrant cultural experience. Top Ranked Universities IELTS Optional High Visa Success Rate Gap Accepted Scholarships Available APPLY NOW Putalisadak,Kathmandu,Nepal globalmoon.edu@gmail.com 01-4168319'
हालसालै नवगठित सरकारमा सहभागी भएका काँग्रेसका मन्त्रीहरुलाई बधाई समेत दिएको छ । नेपाली जनताको आशा र भरोसा अनुसारनै काँग्रेस—एमाले सहितका दलहरु मिलेर बनेको सरकारले नेपाल र नेपाली जनताको भावना अनुरुप काम गर्न सुझाव दिदै स्याङ्जा काँग्रेसले शुभकामना व्यक्त गरेको छ । यसैगरी असार २१ र २२ गते अविरल बर्षाका कारण आएको बाढी पहिराले पुराएको जनधनको क्षतीप्रति गहिरो दुख व्यक्त गरेको छ । ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत बैठकले गरेको कार्यबहाक सभापति काफ्लेले बताए । यो दुखद घडीमा विपदमा परेका पिडितलाई तत्काल राहत र क्षतीपुर्तिको व्यवस्था गर्न र फेरी बाढी पहिरोको जोखिम जिल्लावासीले व्यहोर्न नपर्नेगरी उच्च सुरक्षाको व्यवस्था गर्न समेत बैठकले सरकारसगँ माग गरेको छ । यस्तो विपदमा काँग्रेसका कार्यकर्ताहरुलाई खटेर पिडितहरुलाई सहयोग गर्न स्याङ्जा काँग्रेसले आग्रह गरेको छ ।
बाढी पहिरोको जोखिममा परेका नागरिकहरुको उद्धार कार्यमा खटिने जिल्ला सुरक्षा समिति स्याङ्जा, विपद व्यवस्थापन समिति स्याङ्जा, स्थानीय जनप्रतिनिधि, संघ र प्रदेशका सांसद, विभिन्न राजनीतिकदलका प्रतिनिधि, जिल्ला रेडक्रस सहित विभिन्न संघसंस्थाहरु, संचारकर्मी लगायत सबैलाई स्याङ्जा काँग्रेसले धन्यवाद सहित आभार व्यक्त गरेको छ । यस्ताखाले प्राकृतिक विपदमा सबैले सधै सहयोग गर्न आग्रह गर्दै नेपाली काँग्रेस स्याङ्जा साथमा रहने बैठकले निणर्य गरेको छ ।

May be an image of 1 person and text that says 'GLOBAL GLOBALMOON MOON Consultancy ConsultancyPvt.Ltd. ขอมคสาสอมก้มาจัคถงลองกานย OR RUNORO STUDES Pvt.Ltd. Pvt. Ltd. E STUDY IN JAPAN +2, Bachelor & Master completed students can Apply JAN/ JAN/APR/JUL/OCT INTAKE Free language classes Gap Acceptable Low Tuition Fees Easy Visa Processing High Visa Success Rate APPLY APPLYNOW NOW Putalisadak,Kathmandu,Nepal globalmoon.edu@gmail.com 01-4168319'

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…