२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरखेलकुद

पोखरामा यु२० बुद्धिचाल प्रतियोगिता हुँदै

पोखरा, ३ साउन-अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा पोखरामा यु२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा १७ विरौटामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक तथा मुख्य निणर्ायक रामबहादुर क्षेत्रीले स्विस लिगको आधारमा प्रतियोगिता हुन जानकारी गराए । उनका अनुसार स्विस लिगमा ९ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । शुक्रबार (भोलि) र शनिबार आयोजना हुने प्रतियोगितामा कुल ११० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा हालसम्म महिलातर्फ २२ जना र ८८ जना पुरुष खेलाडीको सहभागिता रहेको छ । ‘यो स्विस लिगको आधारमा खेलाइने रेपिड रेटिङ टुर्नामेन्ट हो । प्रतियोगिताको उत्कृष्ट ३ जनालाई हामी विशेष प्रशिक्षणको व्यवस्था समेत गर्नेछौं । जसले १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी छनौटमा समेत टेवा पुग्नेछ ।’ क्षेत्रीले भने । यो प्रतियोगितामा प्राप्त गर्ने अंक अन्तर्राष्ट्रिय बुद्धिचालको वारियतामा समेत रहनेछ । अर्थात खेलाडीले प्राप्त गरेको अंक विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वारियता) मा समावेश हुनेछ ।
प्रतियोगितामा यु-१० (२५जना सहभागि), यु-१६ (२५जना सहभागि), यु-१९ (४५जना सहभागि) तथा खुल्ला प्रतियोगिता (१३जना सहभागि) हुनेछ । खुल्लातर्फको विजेताले नगद दुई हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले एक पाँच सय र तेस्रो हुनेले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौ हुनेले समान पाँच-पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीका लागि एक हजार र ट्रफी पुरस्कार रहेको छ । यस्तै यु१०, १६ र १९ मा प्रथम हुनेले भने पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । बाल क्लबका अध्यक्ष परिवेश थापाले महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता नभई एकै प्रतियोगिता भएको र जसको बढी अंक आउँछ उही प्रथम हुने बताए । उनका अनुसार ९ चरणको खेलमा जसले सबैभन्दा बढी अंक ल्यायो उही प्रथम हुनेछ । पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रतियोगितालाई फिडे, नेपाल बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघले अधिकार दिएको छ । प्रतियोगितामा राधाकृष्ण कार्भिङ र अनमोल दुग्ध उद्योगले सहयोग गरेको छ । दुई दिन चल्ने प्रतियोगिता पोखरा १७ विरौटास्थित ग्यालेक्सि बेन्क्युटमा हुनेछ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…