74Shares

पोखरा । पर्यटकीय राजधानी पोखरालाई थप सुन्दर अनि स्वस्थ बनाउने हेतुका साथ “सफा पोखरा, स्वस्थ पोखरावासी” भन्ने मुल नारा सहित पहिलो पाईला नेपाल पोखरा शाखाले सरसफाइ अभियानको सुरुवात गरेको छ ।

शनिवार सस्था अध्यक्ष केनुका थापाको अध्यक्षता साथै कार्यसमिती सदस्य विजय पौडेलको संयोजनमा पोखरा महानगरपालिका वडा न. १८ स्थित लब्लीडाँडामा बृहत सरसफाई अभियाको सुरुवात गरेको हो ।
पहिलो पाईला नेपालले  लामो समय देखि समाज परिवर्तन र युवा एक्यवद्दतालाई जोड दिदैँ सामाजिक कार्यहरु गर्दै आइरहेको एक अग्रणि सस्था हो । विगतका दिनहरु देखि नै माहानगरपालिका साथै विभिन्न वडा कार्यलयसँग सहकार्य गरी विभिन्न सिपमुलक तालिम तथा सरसफाइ अभियानहरु सम्पन्न गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तै समाज परिबर्तनका रचनात्मक कार्यहरुलाई निरन्तरता दिने पोखरा शाखाका कोषाध्यक्ष अर्जुन पौडेलले जानकारी गराए ।

74Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected