1Shares
पोखरा भ्यूज
पोखरा । यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् । उनीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका हुन्।
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरु आन्दोलित हुँदै आएका छन् । यसअघि उनीहरुले गण्डकी प्रदेश सरकारलाई ज्ञापनपत्र मार्फत् सरकारको ध्यानाकर्षण गराउँदै उक्त कार्यविधि अबिलम्ब फिर्ता लिन ४८ घण्टे अल्टिमेट दिएका थिए ।
पोखरा लगायत गण्डकी प्रदेशका जिल्लाहरुमा सार्वजनिक यातायात चलेका छैनन् । निजी सवारी साधन भने निर्वाध गुडिरहेका छन् ।
1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।