23Shares

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशका उपाध्यक्ष शारदा झेडी मगर पुरस्कृत हुने भएकी छन् । उनी राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८१ बाट पुरस्कृत हुने भएकी हुन्।

बिगत १५ बर्ष देखि रेडियो, टेलिभिजन र विभिन्न पत्रपत्रिकामा आबद्ध रही पत्रकारितामा गर्दै आउनु भएकी मगर राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति मार्फत स्थापित मगर पत्रकार संघ कास्की शाखाले सन्चालन गर्दै आएको पुरस्कारबाट सम्मानित हुदै छन् ।

साउन १५ गते मंगलवार पोखरामा हुने एक कार्यक्रमका बिच नगद रु १० हजार सहित प्रमाणपत्र द्वारा पुरस्कृत गरिने नेपाल मगर पत्रकार संघ कास्कीका सचिव प्रबिन थापा मगरले जानकारी दिए ।

फोनिज गण्डकी प्रदेशका अध्यक्ष एव राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८१ छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठन गरिएको समितिले झेडी मगरलाई पुरस्कारका लागि सिफारिस गरेको हो । समितिको सदस्यमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आले मगर, रेडियो नेपाल पोखराका समाचार सम्पादक खेम सारु, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष बिनु थापा मगर र सचिव प्रबिन थापा मगर रहेका छन् ।

उपाध्यक्ष झेडी मगर नेपाल प्रेस युनियन प्रदेश समिति गण्डकीको भात्री तथा शुभेच्छुक संस्थाको संयोजक समेत रहेकी छन् ।

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected