गण्डकी सरकार र यातायात व्यवसायीबीच सहमति, अध्ययन समिति गठन, आन्दोलनका कार्यक्रम स्थगित
- July 28, 2024
- 918
0Shares
पोखरा भ्यूज
पोखरा । अन्ततः गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । प्रदेश सरकारसँग भएको सहमति व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
आइतबार दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएपछि व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका हुन् । अध्ययन गर्न गठित समितिमा गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा प्राविध समिति गठन गरिएको छ । सो समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् ।
समितिले समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।