95Shares

पोखरा । लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालले डिष्ट्रिक्ट ३२५ आई नेपालमा जादुशक्ति कहाँबाट आउँछ ? भनि प्रश्न गरेका छन्

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत क्लस्टर रिजन जोन १० का क्लबहरूको संयुक्त पदस्थापन समारोहमा पदस्थापन अधिकृत समेत रहेका एलसिआईएफ एरिया लिडर लम्सालले उक्त कुरा बताएका हुन्

लम्सालले भने, ‘ मलाई यति धेरै ख़ुशी लागेको की यति भव्य पदस्थापन देखेको थिईन, संसार यहि ज़स्तो लाग्छ, जादु शक्ति कहाँबाट आउँछ डिष्ट्रिक्ट आईमा तपाईहरूले गरेको जादुले डिष्ट्रिक्टले यो उपलब्धि प्राप्त गरेको छ र हामी नेतृत्वमा बस्नेलाई तपाईहरूका असल कार्यले नै शिर उच्च बनाएको

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लम्सालले डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना सहित चार वटा क्लब लायन्स क्लब अफ पोखरा अभियान, पोखरा जननी, पोखरा आईटी पोखरा सेवा अभियानका क्लब अध्यक्षसहितका पदाधिकारीलाई पदस्थापित गराएका थिए

समारोहमा जननी नारी सम्मान पोखरा गणेश टोल निवासी समाजसेवी बर्ष ७१ की नन्दु कोईराला बर्ष ७९ की इश्वरी कोईरालालाई कार्यक्रमका प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्साल डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले सम्मान गरेका थिए

समारोहमा लायन बर्ष २०२३/२४ का अध्यक्षहरू अभियानका मात्रिका पोखरेल, जननीका शान्ती अधिकारी, आईटीका . सनरोज़ गुरूङले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरू प्रस्तुत गरेका थिए भने बर्ष २०२४/२५ का अध्यक्षहरू क्रमशः दिनेश भण्डारी, इन्दु कोईराला, दिनेश महर्जन नयाँ क्लब सामाजिक अभियान भवानी अर्यालले कार्यकाल शुभारम्भदेख़ि हालसम्म सम्पादन गरिएका कार्य भावी कार्यक्रम प्रस्तुत गरेका थिए

पदस्थापन समारोहमा बोल्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले हाल सम्म डिष्ट्रिक्टका ४५ वटा क्लब पदस्थापित भईसकेको बताउदै डिष्ट्रिक्टले धेरै उपलब्धि हासिल गरेको बताएका थिए

लायन्स क्लब अफ पोखरा अभियानका बर्ष २०२३/२४ का अध्यक्ष मात्रिका पौडेल पोखरा जननीका बर्ष २०२४/२५ का अध्यक्ष इन्दु कोईरालाले अध्यक्षता गरेको कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य केसीले डिष्ट्रिक्टले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउदै सहयोगी हातप्रति आभार व्यक्त गरेका थिए

अभियानका सचिव बिनोदराज आचार्य जननीका सचिव लक्ष्मी ढुङगानाको संचालनमा रहेको समारोहमा डिष्ट्रिक्ट कोअर्डिनेटर प्रेम दाहालले स्वागत आईटीका अध्यक्ष सनरोज़ गुरूङले धन्यवाद ज्ञापन गरेका थिए

95Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected