50Shares

पोखरा । पोखराको पृथ्वीचोकमा संचालित श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा.लि. को युएइ (दुवई) सरकारबाट मान्यता प्राप्त क्यूटी लाविष ब्यूटी सेलोनसँग व्यवसायिक सम्झौता भएको छ ।

संस्थाका निर्देशक शान गार्सिया प्रबन्धक जुलियाना सिल्वाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भए अनुसार नेपालको पोखरामा संचालित श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा.लि दुवईमा संचालनमा रहेको क्यूटी लाविष ब्यूटी सेलोनको एक अधिकृत व्यवसायिक साझेदार हो । २०२४ जुन देखि २०२५ अप्रिल सम्मका लागि सबै ब्यूटी सैलुन, पार्लर कोर्सहरू चलाउनको लागि ब्याबसायिक सम्झौता पत्र प्रदान गरिएको जनाइएको

श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमीका संचालक सर्मिला रानाभाटले भनिन्, ‘पोखरामा पहिलो पटक हामीले दुवई सरकारबाट मान्यता प्राप्त क्यूटी लाविष ब्यूटी सेलोनबाट ब्याबसायिक सम्झौता पत्र पाउँन सफल भएका छौं यस एकेडेमीबाट महिला, पुरुष सबैको लागि सौन्दर्य सम्बन्धी कुनै पनि प्रकारको तालिम प्राप्त गरी आफुलाइ दक्ष सौन्दर्यकर्मी बनाइ फाइदा उठाउन सक्नुहुनेछ उनले थप स्पष्ट पार्दै भनिन् यस ब्युटी एकडेमिमा तालिम प्राप्त प्रमाणपत्र वैदेशिक रोजगारको लागि मान्यता प्राप्त हुने भएको हुदाँ सौन्दर्य सम्बन्धी वैदेशिक रोजगार पनि सजिलै पाउन सकिन्छ

50Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected