10Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा छुट्टै बैठक बसेको छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बुधबार देखि सुरु हुँदैछ । कांग्रेसका हिन्दुवादी केन्द्रीय सदस्यहरुको बैठक चावहिल स्थित स्मार्ट महलमा बसेको थियो । बैठकमा नेपाली कांग्रेस हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीसहित अन्य केन्द्रीय सदस्यहरु पुष्पा भूषाल, सुजाता परियार, देवेन्द्रराज कंडेल, डिला संग्रौला, किरणराज पौडेल, मदन अमात्य, चन्द्र के.सी., चम्पादेवी खड्का, रंगमति शाही, दिनेश कोइराला, विद्य्यादेवी तिमिल्सेना, सितादेवी देवकोटा र शारदा पौडेल सहित १४ जना केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको थियो ।
हिन्दूवादी केन्द्रीय सदस्यहरुले महासमिति बैठकमा महासमिति सदस्यहरुले हस्ताक्षर गरेको हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीले प्राथमिकता राख्नुपर्नेमा जोड दिएका थिए ।

बैठक पछि सञ्चारकर्मीहरु संग सक्षिप्त कुराकानी गर्दै केन्द्रिय सदस्य भण्डारीले हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीले प्राथमिकतामा राख्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected