0Shares

पोखरा भ्यूज
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ । श्रवाण २३ गतेसम्म चल्ने परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । पुरक परीक्षा सञ्चालन गर्न देशभर पाँच सय ५० केन्द्र निर्धारण गरिएको छ ।

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड ९एनजी० अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । यद्यपि परीक्षाफल रद्द भएकाहरु भने पूरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।

यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थीहरु छन् । तर सबैले पूरक परीक्षाको फारम नभरेको हुनसक्ने भएकाले त्यो संख्यामा केही फरक पर्नसक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected