0Shares

पोखरा भ्यूज
नुवाकोट । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरी काठमाडौं लैजाने तयारी गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलनको काम सकेर काठमाडौं लैजाने तयारी गरेको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिन लागिएको हो ।

बुधबार दिउँसो रसुवाको स्याफ्रुबेसीका लागि काठमाडौंबाट उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected