पोखरा भ्यूज
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा ४ चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन अरुण मल्ल छन् ।केसीका अनुसार, ज्यान गुमाउनेमध्ये यी बाहेक अरु सबै चिनियाँ नागरिक हुन् ।
मृतकमध्ये नेपाली सोही हेलिकप्टरका पाइलट क्याप्टेन के मल्ल हुन् । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिएको र प्रहरी र स्थानीयबासीले आगो निभाउने कोसिस गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो ।