101Shares

पोखरा । नेपाल लायन्स डे (अगस्ट ९ तारिख)को दिनमा लायन्सका पूराना सदस्य किशनलाल दुगडलाई सम्मान गरिएको । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तर्फबाट लायन्स अन्तर्राष्ट्रियका एल सि आई एफ एरिया लिडर राजन लम्साल र डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले शुक्रवार दुगडलाई सम्मान गरेका हुन् । 

नेपालमा लायन्स अन्तर्राष्ट्रिय स्थापना भएको अगस्ट ९ तारिखलाई नेपाल लायन्स डे को रूपमा मनाईन्छ । लायन्स क्लब अफ विराटनगरका संस्थापक सदस्य रहेका दुगडलाई काठमांडौ, डिल्लीबजारस्थित के.एल.दुगड ग्रुपको कार्यालयमा पुगि लम्साल र ढुंगानाले संयुक्त रूपमा सम्मान गरेका थिए ।सम्मान पत्रमा भनिएको ,

प्रथम विश्वयुद्ध पछि विश्वमा मानवता तथा भाईचाराको माध्यमबाट समाजको हितमा काम गर्ने पवित्र उद्देश्य राखि सन् १९१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय लायन्सको नेपालका तात्कालिन प्रधानमन्त्री स्व. मात्रीका प्रसाद कोईरालाज्यूले संस्थापक अध्यक्ष बनेर स्थापना गर्नुभएको नेपालको पहिलो क्लब, लायन्स क्लब अफ बिराटनगरका संस्थापक सदस्य तपाई आदरणिय लायन किसनलाल दुगड ज्यूले नेपालको लायन्सलाई हालको अवस्थासम्म ल्याउन खेल्नुभएको भुमिकाको उच्च कदर गर्दै आगामी दिनमा यहाँको निरन्तर अभिभावकत्व प्रेरणा हामीलाई प्राप्त हुने विश्वास सहित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल हार्दिक कृतज्ञता व्यक्त गर्दै यो सम्मान पत्र प्रदान गर्दछौ

१९७१ अगस्ट  तारिखका दिन नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले नेपालको पहिलो लायन्स क्लब लायन्स क्लब अफ विराटनगरस्थापना गरी नेपालमा लायन्स भित्राएका थिए

२० जना सदस्य सहित संस्थापक अध्यक्ष मातृकाप्रसाद कोईराला रहेर ५४ बर्ष अघि खोलिएको क्लबमा हाल संस्थापक सदस्यमा मूलचन राठी किशनलाल दुगड मात्र पूराना लायन्स सदस्य रहेका छन्

सम्मान ग्रहण पछि छोटो प्रतिक्रिया दिदैं दुगडले भने,

आफुलाई साह्रै भाग्यमानी मान्दछु, ५४ बर्ष पहिले२० जना सदस्यबाट सुरु भएको सानो क्लब नेपालमा बिस्तृत रूपमा फैलिएर दुई हजार क्लब ४५ हजारसदस्य सेवा गर्न पाएका छन् हामी सेवा गर्छौंभन्ने मूल मन्त्रका साथ हामीले सुरु गरेको यस सेवाको अभियानलाई अझ सशक्त ढङ्गले मर्यादित बढाउँदै लैजानुहोस्, आफूभन्दा कमजोरहरूलाई आफूले गर्नसक्ने सहयोग गर्नुहोस् सेवाका कार्यमा कहिल्यै पछि हट्नु हुँदैन लायन्स क्लबको नाम सधै उच्च राख्नेकाम गर्नुहोस् नयाँ पुस्तालाई एक संस्थापकको नाताले मेरो अनुरोध

यो सन्देश सबै लायन्स सदस्यसम्म पुर्रयाइदिनुहोला

नेपालमा लायन्स अन्तर्राष्ट्रिय ३२५ मल्टीपल डिष्ट्रिक्ट अन्तर्गत १५ वटा डिष्ट्रिक्ट रहेका छन् जसमा करिव हजार क्लब मार्फत् ४५ हजार बढी सदस्य समाज सेवामा सक्रिय रहेका छन्

लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालका अनुसार लायन्सकर्मीहरुले आज नेपाल भर खुशीयाली साटेर स्थापना दिवस मनाईरहेका छन् लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटी, एलसिआईएफ एरिया लिडर राजन लम्साल, मल्टीपल काउन्सिल चेयरपर्सन रमेश लामा, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीलगाएतले सामाजिक संजाल फेसबुकको माध्यमबाट शुभकामना सन्देश प्रवाह गरी नेपाल लायन्स दिवसको शुभकामना साटासाट गरेका छन्

सामाजिक संजाल मार्फ़त शुभकामना दिदै  मल्टीपल काउन्सिल चेयरपर्सन रमेश लामाले नेपालमा लायन्सको स्थापनासँगै समाजसेवामा पुर्रयाएको योगदानको खुलेर प्रशंसा गर्दै नेपाल लायन्स दिवसको शुभकामना दिएका छन्

IMG_9899.jpeg

लायन्स क्लबले नेपालभरका १५ डिष्ट्रिक्बाट १९९३ भन्दा बढी क्लबमा विस्तार गरिसकेको । लायन्स साथीहरू, आउनुहोस्, यो स्मरणीय अवसरमा नेपाल लायन्स दिवस मनाऔं। लामाका अनुसार आज साँझ देशैभरी ठाउँठाउँमा दीप प्रज्ज्वल गरिंदैछ

सामाजिक संजालमा भेटिए अनुसार डिष्ट्रिक्ट ३२५ नेपालका डिष्ट्रिक्ट गभर्नर रामशरण बस्नेतले लायन्स डे को अवसर पारी डिष्ट्रिक्टमा ५१ वटा कार्यक्रम गर्ने गरी डिष्ट्रिक्ट कोअर्डिनेटरलाई जिम्मेवारी प्रदान गरिएकोमा उत्साहपूर्ण ढंगले त्यो भन्दा बढ़ी १०० को हाराहारीमा कार्यक्रम सम्पन्न भएकोमा सर्भिसप्रतिको यो अपार माया समर्पणप्रति नतमस्तक भई सम्मान व्यक्त गर्दै सबैप्रति आभार समेत व्यक्त गरेका छन्

101Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected