0Shares
पोखरा भ्यूज
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिरमा गर्ने तयारी गरेको छ । आयोग पदाधिकारीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहको उपनिर्वाचन मंसिरमा गर्न उपयुक्त हुने सुझाव दिएको बताइएको छ । आयोगका अनुसार हाल कीर्तिपुर नगरपालिकाका प्रमुखसहित देशभरका स्थानीय निकायमा ३४ पद रिक्त छन् ।
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न आग्रह गरेका छन् । निर्वाचनमा मितव्ययीता अपनाउन पनि आयोगलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।
मिति घोषणा अघि आयोगले सम्बन्धित स्थानीय तहमा मतदाता नामावली अद्यावधिकको कार्य सम्पन्न गर्नेछ ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।