२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

सामुदायिक वनलाई समृद्धिसंग जोड्न जोड

पोखरा । जनताले संरक्षण, सम्वद्र्धन र विकास गरेको सामुदायिक वनलाई मुलुकको समृद्धिसंग जोड्नु पर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
वन विज्ञान अध्ययन संस्थामा अध्ययनरत विद्यार्थीको संस्था टेरा कन्जर्भेसन सोसाईटीद्धारा आयोजित सामुदायिक वन विषयक अन्तरसम्वाद कार्यक्रमका वक्ताहरुले प्राकृतिक श्रोतको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन ।
स्वदेशी काठको सदुपयोग गर्दै विदेशी काठको आयातलाई विस्तावित गर्नुपर्नेमा जोड दिंदै कार्यक्रमका सहभागिहरुले सामुदायिक वन उपभोक्ताले संरक्षणमा पुर्‍याएको योगदान र वन प्राविधिकको ज्ञानलाई उपयोग गर्नुपर्ने आवश्यकता औल्याए ।
वन क्षेत्रको काठ मात्र नभई महत्वपूणर् जडिवुटी, वन्य जन्तु लगायत जैविविक विविधाको संरक्षण र उपयोग गर्दै रोजगार सिर्जना गर्दै आयआर्जनको माध्येम बनाउनु पर्ने सामुहिक धारणा रहेको थियो ।
गण्डकी प्रदेश वननिर्देशनालयका उपसचिव करुणा कार्कीले वन पैदावार उपयोगमा सर्वसुलभ नीति निर्माणमा प्रदेश सरकारले सक्दो प्रयास गर्दै आएको बताउँदै त्यसका लागि संघ सरकारको महत्वपूर्ण भूमिका रहने बताईन् ।
सामुदायिक वनमा सस्थागत र सुशासनको पाटो कमजोर रहेको उल्लेख गर्दै उनले स्वदेशी काठ उपयोगमा सर्वसुलव नीति अवलम्वन गरि विदेशी काठ आयातलाई विस्तावित गनुपर्ने आवश्यकता औल्याउनुभयो । वन उद्यममा उत्पादिन उत्पादनको बजारिकण गर्नुपर्नेमा उनको जोड थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले नेपाल विश्वसामु सामुदायिक वनको देशका रुपमा परिचित भएको बताउँदै यसको भरपुर उपयोगमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए ।
वन विभागको नयाँ तथ्याङ्क अनुसार हाल मुलुकमा २३ हजार २६ सामुदायिक वन समुहका ३१ लाख ९५ हजार ३९२ घरधुरीले २४ लाख २५ हजार ३९२ दशमलव ६० हेक्टर क्षेत्रफलको व्यवस्थापन गर्दै आएको जानकारी दिए ।
वन विज्ञान अध्ययन संस्थानका उपप्राध्यापक डा. लिला पुरीले सामुदायिक वनबाट मुलुक र उपभोक्ताले उपव्धिलिन नसकेको बताउँदै वन पैदावारलाई मुलुकको सम्वृद्धिको आधार बताउनु पर्ने आवश्यकता औल्याए ।
पोखरा महानगरपालिका वडा नं. १५ वडा सदस्य बलराम पौडेलले हरियाली प्रवद्र्धनका लागि महानगरले एक घर दुई विरुवाको अवधारणा अघि बढाएको जानकारी दिए । प्राध्यापक विकास अधिकारीले सहजिकरण रहेको कार्यक्रममा टेरा कन्जर्भेसन सोसाईटीका अध्यक्ष अभिषेक चौधरी, प्रदिप सापकोटा लगायत विद्यार्थीले उत्सुक्ताका साथ सामुदायिक वनका सम्वन्धमा जानकारी दिएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…