पोखरा । त्रि.वि. लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्रले सञ्चालन अनुमती पाएको छ । लायन्स रक्त सञ्चार केन्द्रले साउन ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एकल रक्त सञ्चार केन्द्र सञ्चालनका लागि अनुमती पाएको केन्द्रका प्रवत्ता एवं लायन्सका पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोकाले बताए ।
रोकाका भनाई अनुसार रक्तसञ्चार केन्द्रको पूर्वाधार तयार सम्पन्न भए पछि ईजाजतपत्रको लागि गत पुस १ गते पेश गरेको निवेदनलाई २०८१ साउन १७ गते सचिवस्तरमा निर्णय भई संचालन अनुमती पाएको थियो ।
करिव एक दशक अघि त्रिविले कीर्तिपुरमा तीन रोपनी जग्गा लायन्सलाई उपलब्ध गराएपछि लायन्स क्लबले रक्त सञ्चार केन्द्र बनाउन आफ्ना सदस्यबाट २५ हजार रुपैयाँको दरले स्वच्छीक रकम संकलन गरेको लायन्स अन्तर्राष्ट्रियका एरिया लिडर राजन लम्सालले बताए । लायन्स सदस्यबाट स्वच्छीक संकलन रकम र लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त आर्थिक सहयोग गरी करीब ३० करोड रुपैयाँको लागतमा २०८० असोजमा रक्तसञ्चार केन्द्रको पूर्वाधार तयार सम्पन्न गरेको थियो ।





